[the_ad id="16865"]

डेंगु सक्रमणका कारण कांग्रेस वडा अध्यक्षकाे निधन

डेंगु सक्रमणका कारण कांग्रेस वडा अध्यक्षकाे निधन
[the_ad id="16873"]

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले इकान्तिपुरलाई जानकारी दिए ।

रिजाल डेंगी संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।
कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search