[the_ad id="16865"]

गुलरिया नगरपालिकाकाे कार्यपालिका बैठक सम्पन्न

गुलरिया नगरपालिकाकाे कार्यपालिका बैठक सम्पन्न
[the_ad id="16873"]

बर्दिया भदाै २४ । बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका वडा नं ११ मा निर्माणाधिन चार लेन सडककाे निर्माण भई रहेका समयमा चार लेन सडक निर्माण अवधिमा गणेशपुर सडक खण्डकाे चार लेन सडक कटाैति गरिएकाे बिराेधमा स्थानियले बिराेध जनाई रहेकाे समयमा गुलरिया नगरपालिककाे आईतबार सम्पन्न कार्यपालिका बैठकले समेत उक्त सडक कटाैति भएकाे प्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । गुलरिया नगरपालिकाकाे सिमा जाेडिएकाे बढैयाताल गाउपालिका देखि गुलरिया नगरपालिकाकाे गणेशपुर सम्म ताेकिएकाे स्थान सम्मनै सडक निर्माण गरिदिन र त्यस स्थान देखि गुलरियाकाे भादा पुल र भादापुल देखि गणेशमा चाेक सम्म चार लेन सडक निर्माण गरिदिन हुलाकि सडक आयाेजना बाकेलाई जानकारि पत्र पठाउने निर्णय गरेकाे छ । त्यसैगरि गुलरिया नगरपालिकाले एम्बुलेन्स सञ्चालनका लागि कार्यबिधि समेत पास गरेकाे छ भने कार्यपालिका बैठकले गुलरियामा सञ्चालित शहरि सडक आयाेजनाले निर्माण गरेकाे सडकमा जाेड्न बाकि रहेकाे स्थानमा सडकहरू जाेडन पत्राचार गर्ने निर्णय गरपएकाे गुलरिया नगरपालिकका नगर प्रवक्ता शुदांशु प्रकाश शर्माले बताउनु भयाे ।

त्यसैगरि कार्यपालिका बैठकले २०७४ सालमा आएकाे बाढिले भासिएकाे जब्दि पुल पुनर्निमाण गर्न भाैतिक पुर्वाधार मन्त्रालयलाई अनुराेध समेत गरेकाे छ । त्यसैगरि गुलरिया नगरपालिकाकाे गणेशमा चाेक देखी भादापुल सम्मकाे चार लेन सडककाे गुणस्तर र नालामा भएकाे ढक्कन समेत नराखिएकाे भन्दै सडक डिभिजन कार्यालय बाकेलाई तत्काल ढक्कन ब्यवस्था सहित सडककाे गुणस्तर मापन गर्न अनुराेध गर्ने निर्णय गरेकाे गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search