[the_ad id="16865"]

ब्युटिसियन मिस तिज २०८० काे उपाधि चन्दलाई

ब्युटिसियन मिस तिज २०८० काे उपाधि चन्दलाई
[the_ad id="16873"]

बर्दिया/ यति बेला हिन्दु नारिहरू हरितालिका तिज मनाउन ब्यस्त छन । गाउँ देखि शहर सम्म र शहर देखि गाउँ सम्म तिजकाे भाकामा गित गायर हाेस या बजाएर हाेस महिलाहरू छम छमि नाच्न ब्यस्त देखिन्छन । यसरी जताततै तिजकाे लहर चलि रहेका समयमा बाकेकाे नेपालगञ्जमा भने ब्युटिसियनहरूकाे मिस तिज २०८० सम्पन्न भएकाे छ । बाकेकाे नेपालगञ्जमा बिगत लामाे समय देखि साैन्दर्य क्षेत्रमा काम गर्दै आई रहेकाे गुड न्यू आइटीसी समूहद्धारा सोमबार आयोजित व्यूटीसीयन मिस तीज २०८० को उपाधी अनीशा चन्दले प्राप्त गरेकि छन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपालगन्जमा गरिएको सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेमा फस्ट रनर अपका रुपमा रक्षा सुनार, सेकेन्ड रनर अप बन्दना खड्का पुगेकि थिईन ।

१९ जना व्यूटीसीयन सहभागी मध्य पब्लिक च्वाइस एवं उत्कृष्ट प्रस्तुतिका रुपमा अमृता रजगैयालाई चयन गरिएको थियो । न्यू लुक कम्पनी, न्यू पोखरा सुनचादी पसलको मुख्य प्रायोजन तथा प्लानेट बुटिकको सह–प्रायोजनमा सम्पन्न प्रतियोगितामा विभिन्न विधामा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई सम्मान समेत गरिएकाे गरिएको गुड न्यु आईसिटि नेपालगञ्ज कि सञ्चालिका गिता भण्डारिले बताउनु भयाे। प्रतियोगिताको स्पोन्सरमा सिल्कन कम्पनी र लारी बेरी रहेका थिए ।

पत्रकारिता क्षेत्र मार्फत सौन्दर्यकला लगायत सामाजिक क्षेत्रमा योगदान पुर्याए वापत पत्रकारहरु शुक्रऋषि चौलागाई, कुरुणा शाह, सावीत्री गीरी, शिक्षाविद डा. जनार्दन आचार्य, प्लाष्टिक सर्जन डा. विनोद कर्ण, समाजसेवी लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । सोही अवसरमा वरिष्ठ सौन्दर्यविद राधा कुवर, सोनीया श्रेष्ठ, उर्मीला अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

सौन्दर्यकला व्यवसायमा ख्याती कमाउन सफल र लामो समयदेखि सौन्दर्यकला व्यवसायमा संलग्न यसोदा खत्री, शर्मीला खत्री, विश्वपतीसिंह थारु, निर्मला मल्ल, सुशीला टमट्टा, रेखा नेपाली, रमा शाही, टीका भट्राई, रेनुका गौतम, सुनिता आरसी, लक्ष्मी चौधरी, लक्ष्मी सापकोटा, समिक्षा सिलवाल, अनुराधा चौधरी, शशीकला चौधरी, सीता चौधरी, रेजीना रावल, लक्ष्मी चौधरी, सोनम केसी, सुमीत्रा पाण्डे, उषा न्यौपाने, अप्सरा खरेल लगायत ३० जना सौन्दयकर्मीलाई पनि सम्मान गरिएको थियो ।

प्रदेश सांसद मीना श्रेष्ठले सम्मान पत्र प्रदान गर्दै कार्यक्रमले संस्कृति संरक्षणसँगै महिलालाई आत्मबल र आत्मनिर्भरता तर्फ डोर्याएको बताउनुभयो । प्रतियोगीतामा सहभागी व्यूटीसीयनले क्याटवाक गर्नुका साथै तीजको ड्रेसमा नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search