[the_ad id="16865"]

सिमकार्ड डुब्लिकेसन गरि रकम ठगि गर्ने एक जना पक्राउ

सिमकार्ड डुब्लिकेसन गरि रकम ठगि गर्ने एक जना पक्राउ
[the_ad id="16873"]

२ असोज, काठमाडौं । सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेका छन् ।

पीडितको बैंक खाताबाट बिभिन्न बैंक खाता तथा वालेटहरुमा पटक-पटक गरी ६ लाख २ हजार ५४८ रूपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search