[the_ad id="16865"]

ब्राम्ह्रण समाजकाे अध्यक्षमा गाैतम चयन

ब्राम्ह्रण समाजकाे अध्यक्षमा गाैतम चयन
[the_ad id="16873"]

यादव आचार्य
बर्दिया । ब्राह्मण समाज नेपाल बर्दियाको अध्यक्षमा भोजराज गौतम चयन हुनु भएको छ । शनिबार बर्दियाको गुलरिया स्थित ब्यास मन्दिरमा बसेको अधिवेशनले गौतमसहितको जिल्ला कार्यसमिति सर्बसम्मत चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा गंगा गौतम, सचिव प्रभात सुवेदी, सहसचिव बाबुराम आचार्य, कोषाध्यक्ष देवेन्द्र राज सिग्देल चयन हुनुभएको छ । सदस्यहरुमा भिष्मराज ढकाल, विष्णुमाया पौडेल, नीलकण्ठ रेग्मी, हरी सुवेदी, एकराज पौडेल, दधिराम पौडेल, ध्रुव लम्साल र कुमार लामिछाने चयन हुनु भएको र बाँकी सदस्य पछि चयन गरिने सचिव प्रभात सुवेदीले जानकारी दिनु भएको छ । ब्राम्ह्ण समाज नेपालको विधान २०६७ को परिच्छेद ५ (घ) अनुसार समिति निर्माण गरिएको हो । त्यस्तै केन्द्रिय पार्षदहरुमा हरिहर शर्मा आचार्य, कोषराज निरौला, परशुराम सुवेदी, सीता भट्टराई र राधा पौडेल चयन हुनुभएको छ ।

सल्लाहकारहरुमा नरेन्द्रराज लम्साल, खेमराज गौतम, यदुनन्दन शर्मा, दिनानाथ बख्रेल, पुण्यप्रसाद गौतम, पार्वती सिग्देल, डिल्ली प्रसाद उपाध्याय, गोपाल ज्ञवाली (ककौरा), कृष्ण पौडेल (बगनाह), माधव सिग्देल (राजापुर) र वीरेन्द्रराज लम्साल चयन हुनु भएको छ । हिन्दुत्व र सनातन परम्पराको संरक्षण, संबद्र्धन र जगेर्ना गर्ने उद्देश्य संस्थाको रहेको सचिव सुवेदीले बताउनु भयो । अधिवेशनले गुलरिया नगर समिति पनि सर्वसम्मत चयन गरेको छ । क्रमिक रुपमा बर्दियाका बाँकी ७ वटै पालिकामा नगर स्तरिय समिति गठन गरिने उहाँको भनाई छ ।

गुलरिया नगरसमितिको अध्यक्षमा विष्णुप्रसाद मरासिनी सर्बसम्मत चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा शोभाकान्त लम्साल, सचिव कमल सुवेदी, सहसचिव स्थानेश्वर सिग्देल, कोषाध्यक्ष ध्रुर्वराज काफ्ले सर्बसम्मत चयन हुनुभएको छ । सदस्यहरुमा ध्रुवराज न्यौपाने, घनश्याम पौडेल, होतराज सिग्देल (गोपाल), रुपा बजगाई, लुङ्गना देवी उपाध्याय र बाबुराम पौडेल चयन हुनुभएको छ । बाँकी सदस्यहरु थपिने जनाईएको छ । नगर समितिको सल्लाहकारमा नारायण प्रपन्नाचार्य, हरिहर शर्मा आचार्य, चर्तुभुज शर्मा, यादव प्रसादाचार्य, रमेशचन्द्र गौतम, ईन्दिरा सुवेदी र लोकमणी पौडेल चयन हुनुभएको जिल्ला सचिव सुवेदीले जानकारी दिनुभएको छ । ब्राम्ह्ण समाजका सय जना भन्दा बढी विशिष्ट ब्यक्तीहरुको समुपस्थितीमा जिल्ला तथा नगर समिति गठन गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search