[the_ad id="16865"]

टि.भि. जर्नलिष्ट पन्थि सम्मानित

टि.भि. जर्नलिष्ट पन्थि सम्मानित
[the_ad id="16873"]

ज्योति पन्थि बर्दिया न्युज २४ टेलिभिजनका बर्दिया टि भि जर्नलिष्ट ज्योति पन्थि सम्मानित भएका छन । ठाकुरबाबा नगरपालिकाले बर्दिया जिल्लाको ठाकुरद्वरामा आयोजना गरेको पर्यटन दिवस २०८० मा जर्नलिष्ट पन्थिलाई सम्मानित गरिएको हो । बिगत लामो समय देखि न्युज २४ टेलिभिजन र प्रष्ट समाचार अनलाईन मार्फत बर्दिया जिल्लाको बिभिन्न पर्यटकिय क्षेत्रका बारेमा कलम चलाएको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।

पन्थिलाई ठाकुरबाबा नगरपालिकाले पहिलो पटक बर्दिया जिल्लामा आयोजना गरेको बिश्व पर्यटन दिवसमा बर्दिया जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ का संघिय संसद लालबिर थारूले कदर पत्र सहित सम्मान गर्नु भएको हो । कार्यक्रमा पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै उज्यालो सहकर्मि भावुक योगि, कान्तिपुरकर्मि कमल पन्थि, पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, एन टिभि सम्वादाता डिल प्रकाश गौतमलाई पनि सम्मान गरिएको छ । पन्थि बिगत १४ बर्ष देखि न्युज २४ मा कार्र्यरत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search