[the_ad id="16865"]

त्रिभुवन बिमानस्थलबाट फेरि सुन बरामद फिलिपिन्स कि महिला पक्राउ

त्रिभुवन बिमानस्थलबाट फेरि सुन बरामद फिलिपिन्स कि महिला पक्राउ
[the_ad id="16873"]

१३ असोज, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो ।

आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।

प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । ‘विमानस्थल प्रहरीको भूमिका बरामद गर्नेसम्मको हुन्छ, थप अनुसन्धानको काम भन्सार कार्यालयबाट हुन्छ’ डीआईजी चन्दले भने ।

सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन । यसअघि २ साउनमा प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको ब्रेक सु मा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको थियो ।

उक्त सुन ब्रेक सु बाट निकालेर गाल्दा करिब ६२ किलो भएको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search