[the_ad id="16865"]

सडकमा रहेका कुकुरलाई खाेप लगाउन शुरू

[the_ad id="16873"]

बर्दिया । एकीकृत कृषि तथा पशुपंक्षि बिकास कार्यालय बर्दियाले सडकमा जथाभावि रहेका कुकुरहरूलाई रेविज बिरूद्वकाे खाेप दिन शुरू गरेकाे छ । बर्दिया जिल्लाकाे गुलरिया लगायतका स्थानमा रहेका बेवारिसे कुकुरहरूलाई रेविज र अन्य खाेप दिन शुरू गरेकाे हाे । राष्ट्रिय पशु दिवसकाे अवसर पारेर सडकमा देखिने र पालेका समेतलाई खाेप लगाउन शुरू गरियकाे हाे ।

सडकमा जथाभावि रहेका कुकुरहरूले मानिसहरूलाई टाेक्ने क्रम बढेकाे र कुकुरहरमा पनि विभिन्न किसिमका राेगहरू देखा परेकाेले खाेप लगाउन शुरू गरिएकाे पशुचिकित्सक अनिल कुमार शर्माले प्रश्ट समाचारलाई बताउनु भयाे । उहाले जथाभावि कुकुरहरू सडकमा नछाेडन समेत अनुराेध गर्नु भयाे । पछिल्लाे समय बर्दियामा छाडा कुकुरहरूले बार्षिक दुई हजार भन्दा बढि मानिसलाई टाेक्ने गरेकाे छ भने करिव आधा दर्जन मानिसहरूकाे मृत्यु समेत हुने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search