[the_ad id="16865"]

“रामायण” काे सुटिङ भरि रणविर कपुरले मांशाहारि खाना र मदिरा नखाने

“रामायण” काे सुटिङ भरि रणविर कपुरले मांशाहारि खाना र मदिरा नखाने
[the_ad id="16873"]

अभिनेता रणवीर कपुर चरित्रमा डुब्न जुनसुकै प्रक्रियाबाट गुज्रिन तयार हुन्छन् । नितेश तिवारीले निर्देशन गर्ने फिल्म ‘रामायण’मा रामको भूमिका निर्वाह गर्न लागेका रणवीरले छायांकन अवधिभर मदिरा र मांसाहारी खाना त्याग्ने घोषणा गरेका छन् ।

भगवान रामको सम्मानमा यस्तो निर्णय गरेपछि उनलाई सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । तिवारीको निर्देशन रहने यो फिल्ममा रामको भूमिकामा रणवीर देखिंदा सीताको भूमिकामा साई पल्लवी र रावणको भूमिकामा यश प्रस्तुत हुँदैछन् । नितेशले फिल्म ‘रामायण’ निर्माणको घोषणा गरेदेखि नै फ्यान उत्साहित देखिएका छन् ।

बलिउड पोर्टलले स्रोतलाई उध्दृत गर्दै जनाएअनुसार फिल्मको छायांकन अवधिभर रणवीर मांसाहारी खाना र मदिराबाट पूर्णतः टाढा हुनेछन् । उनले रामजस्तै शुद्ध र स्वच्छ महसुस गर्न यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रणवीरको यस्तो निर्णयले संस्कृतिको सम्मान भएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । ‘आदिपुरुष’मा काम गर्दा प्रभास र ‘ओएमजी २’ मा काम गर्दा अक्षय कुमारले पनि सुटिङ अवधिभर मांसाहार र मदिरा परित्याग गरेका थिए । फिल्म रामायणमा यसअघि सीताको भूमिका आलिया भट्ले गर्ने बताइएको थियो । तर केही कारण देखाउँदै उनले फिल्म छाडिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search