[the_ad id="16865"]

घरेलु तथा साना उधाेग कार्यालयमा दर्ता भएका उध्धाेगकाे नविकरण भएनन

घरेलु तथा साना उधाेग कार्यालयमा दर्ता भएका उध्धाेगकाे नविकरण भएनन
[the_ad id="16873"]


अफजल खान
बर्दिया,मंसिर १८ । घरेलु तथा साना उद्योग कार्यालय गुलरियामा दर्ता भएका उद्योगहरुको नविकरण गराउनेको संख्या न्युन देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक अनुसार उद्योग नविकरण गराउनेको संख्या न्युन देखिएको हो । दर्ता भएका उद्योगको प्रत्येक वर्ष नविकरण गराउनु पर्ने संचालकहरुलाई जानकारी हुँदा हुँदै पनि नविकरण नगराएको पाईएको छ । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र व्यापार तर्फको निजि साझेदारी फर्महरुको दर्ता नविकरण र अन्य व्यवस्थापनको काम गर्दै आएको छ ।

आर्थिक वर्ष ०७९÷०८० मा उद्योग तर्फका जम्मा उद्योग दर्ता भएको संख्या ३ सय ९५ र वाणिज्य तर्फ २ सय ९१ दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय गुलरियाका उद्योग अधिकृत विश्वलाल खड्काले बताए । ‘जसमा हालसम्म कुल दर्ता भएका उद्योगहरुको संख्या ६ हजार ७ सय ९५ वटा छ’उद्योग अधिकृत खड्काले भने,‘आर्थिक वर्ष ०७९÷०८० मा ४ सय ६२ वटा नवीकरण भएको छ ।’ त्यसैगरी वाणिज्य तर्फ हालसम्म कुल दर्ता भएको ११ हजार २ सय २५ वटा रहेका छन् । जसमा ७ सय १० वटा मात्र नविकरण भएको उद्योग अधिकृत खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search