[the_ad id="16865"]

दलित महिला माथि हुने हिंसाकाे अध्यन प्रतिवेदन सार्वजनिक

दलित महिला माथि हुने हिंसाकाे अध्यन प्रतिवेदन सार्वजनिक
[the_ad id="16873"]

ज्याेति पन्थि बर्दिया
लैगिक हिसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीकाे एैक्यवद्वता भन्ने मुलनारा सहित शुरू भएकाे लैगिक हिसा बिरूद्वको १६ दिने अभियानकाे सन्दर्भमा साेमबार दलित महिला संघ बर्दियाले दलित महिला र बालिकामाथि हुने हिंसाको अवस्था अध्यन प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम आज बर्दिया जिल्लाकाे गुलरियामा सम्पन्न भएकाे छ ।

१६ दिने लैगिक हिसा बिरूद्वकाे अभियानमा गुलरिया नगरपालिका संग हातेमालाे गर्दै आएकाे दलित महिला संघ बर्दियाले लामाे समय गरेकाे अध्यन प्रतिवेदन सार्वजनिक गरेकाे छ । दलित महिला संघ बर्दियाले समाजमा सवैले समान रूपले बाच्न पाउनु पर्ने अधिकारकाे सुनिश्चितता भएकाे भए पनि ७९/८० मा २० हजार ७ सय २ जना महिलाहरू हिसामा परेकाे र जस मध्यमा २ हजार ५ सय ३५ जना दलित महिलाहरू हिसामा परेकाे र जुन १२ दशमलव २५ प्रतिशत महिलाहरू हिसाकाे सिकार भएकाे तथ्यांक सार्वजनिक गरिएकाे थियाे ।

दलित महिला संघ बर्दियाले आयाेजना गरकेाे अध्यन प्रतिवेदनमा बर्दिया जिल्लामा मात्र गत २ बर्षमा जातिय बिभेदकाे मुद्वा दर्ताको संख्या शून्य रहेकाे दलित महिला संघ बर्दिया अध्यक्ष हिमा सुनारले बताउनु भयाे । कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतमले दलित महिला माथि हुने हिसाकाे सवै मिलेर प्रतिकार गर्नु पर्ने र हिसा कुनै पनि किसिमकाे सैय नहुने बताउनु भयाे । कार्यक्रममा उप प्रमुख गाैतमले नेापालकाे तथ्याक हेर्दा भयावह स्थिति रहेकाे धारणा समेत राख्नु भयाे ।

कार्यक्रममा बर्दिया बारका अध्यक्ष कमल पाण्डेले समाजमा पिडित भएकालाई आत्म सम्मानका साथ बाच्न पाउने अधिकार कानुनमा समेत सुनपश्चित भएकाले कानुनमा न्यायका लागि कुनै कसर बाकि राख्न नहुने बताउनु भयाे । उहाले कानुनकाे पालना गरेर लैगिक हिसा अन्त्य गर्न सके समतामुलक समाजकाे निर्माण हुने बताउनु भयाे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लगायत बिभिन्न कार्यालयका प्रतिनिधि सहितकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search