[the_ad id="16865"]

लैङ्गिक हिंसा बिरुद्ध दिबसको अवसरमा माइती नेपालद्धारा सचेतना मुलक कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा बिरुद्ध दिबसको अवसरमा माइती नेपालद्धारा सचेतना मुलक कार्यक्रम सम्पन्न
[the_ad id="16873"]



एण्डिज शर्मा बर्दिया
माइती नेपालको आयोजनामा “ लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बाबालिकामा लगानीको एक्यबद्धता ” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिबिध कार्यक्रम गरि मनाउने क्रममा गुलरीया नगरपालिका वडा नं १ मा गुलरीया नगरपालिकाको समन्वयमा र श्री ज्ञानकुञ्च सामाजिक उधमी महिला सहकारी संस्था लि.को सहकार्यमा रयाली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख आथित्यता गर्नु भएकी गुलरीया नगरपालिकाकी उप प्रमुख साबित्रा गौतमले हामी महिला हरुले हिसा सहेर बस्नु हुदैन आ आप्mनो ठाउँबाट हिसा रोक्नुपर्छ भन्ने कुरामा जोड दिनु भयो । गुलरीया न पा.का महिला बालबालिका शाखा प्रमुख शिला शाहले लैगिक हिसा का बारेमा बताउनु भएको थियो भने प्रहरी चौकी खैरापुरका प्र.स.नी सुरेन्द्र हमालले नेपाल प्रहरीका तर्फबाट सुरक्षा दिएर सक्दो सहयोग गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा माईती नेपाल बर्दिया संयाेजक गायत्री रिमालले चेलिबेटि बेचबिखन मुक्त समाज निर्माणका लागि लैगिक हिसा बन्द हुनु पर्ने बताउदै उहाले माईति नेपालले अफ्ठ्याराेमा परेका चेलिबेटिलाई उद्वार गर्ने क्रम नराेकिने र अब महिलाहरू समेत चनमखाे भएर हिसा गर्नेलाई कानुनी उपचारमा लैजानु पर्ने बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search