[the_ad id="16865"]

राधाकृष्ण थारू जनसेवा केन्द्रकाे साधारण सभा सम्पन्न

राधाकृष्ण थारू जनसेवा केन्द्रकाे साधारण सभा सम्पन्न
[the_ad id="16873"]

७५औं विश्व मानव अ

धिकार दिवसकाे अवसर पारेर तथा स्वर्गीय राधाकृष्ण थारुको ३५ औं स्मृति दिवसकाे अवसर पारेर राधाकृष्ण थारु जनसेवा केन्द्रकाे बार्षिक साधारण सभा गुलरियामा सम्पन्न भएकाे छ । उक्त वार्षिक साधारण सभामा सस्थाका अध्यक्ष दिनेस प्रसाद श्रेष्टले संविधानमा प्रद्वत मानव अधिकारलाई जनताले उपयाेग गर्न नपाएकाे बताउनु भयाे । मानव अधिकार दिवसकाे अवसर पारेर आयाेजना गरिएकाे राधाकृष्णथारू जनसेवा केन्द्र बर्दियाकाे साधारण सभामा उहाले जब्दिघाट पुल निर्माणमा सरकार उदासउन देखिएकाेले जनताले कष्ट बेहाेर्नु परेकाे समेत बताउनु भयाे ।


बर्दियाका संघीय सांसद संजयकुमार गौतमले पुल निर्माणका लागि अनसन बस्दा सरकारले नयाँ पुल निर्माण तत्काल शुरु गर्ने सम्झौता गरेपनि अर्थमनत्रालयले बजेट बिनियाेजन नगर्दा अहिले सम्म कुनै काम शुरु हुन सकेको छैन । राजमार्ग जोड्ने छोटो दुरीको सडक खण्डमा पुल नबन्दा स्थानियले सास्ती ब्यहोर्नु परेको छ । लामाे समय देखि समाज सेवामा सक्रिय रहेकाे राधाकृष्ण थारू जनसेवा केन्द्रले मानवअधिकार दिवसले सबै मानव जन्मजात स्वतन्त्र छन्, सबैको प्रतिष्ठा र अधिकार समान भएको र संविधानले प्रदान गरेकाे माैलिक हक सम्बन्धि ब्यवस्थाकाे सवैले प्रयाेग गर्न पाउनु पर्ने समेत बताउनु भयाे ।

२०५३ साल भदौ २७ गते स्थापना भएको संस्थाले अनवरत रुपमा जनताको आवाज बुलन्द गरेको छ । कार्यक्रमका अतिथि बाँसगढी नगरपालिकाका प्रमुख खड्ग बहादुर खड्काले राधाकृष्ण थारु जनसेवा केन्द्रले मुक्त कमैया, सुकुम्वासी विपन्न तथा सुकुम्बासिकाे क्षेत्रमा काम गर्दै आएकाे बताउनु भयाे ।

कार्यक्रममा गुलरिया नगरपालिका उप प्रमुख सावित्रा गौतमले जाती, वर्ण, लिङ्ग, भाषा, धर्म तथा राजनैतिक तथा अन्य कुनै मर्यादाका आधारममा भेदभाव नगरि संविधानमा स्वतन्त्रताको अधिकार दिएको बताउनु भएको छ । मानव अधिकार विश्व व्यापि घोषणामा ३० वटा धारामा नेपालले आफ्नो प्रतिवद्धतामा हस्ताक्षर गरेको हुँदा संविधानमा नागरिकको मौलिक हक अधिकारको उल्लेख गरि सोही अनुरुप संविधानमा समेत उल्लेख भएको बताउँदै नागरिकको अधिकार प्रति सबै सचेत रहेको बताउनु भयाे । राधाकृष्ण थारु जनसेवा केन्द्रकाे बार्षिक साधारण सभामा बाेल्दै जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष सुर्य बहादुर बिष्टले साधारणसभाकाे सफलताकाे सुभकामना दिदै आगामि दिनमा अझ बढि सामाजिक काममा लाग्ने बिश्वास ब्यक्त गर्नु भयाे । आईतबार गुलरियामन सम्पन्न साधारण सभाको बन्द शत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search