[the_ad id="16865"]

तुलापुरमा भएकाे आगलागि पिडितलाई गुलरिया नगरपालिकाले सहयाेग गर्ने

तुलापुरमा भएकाे आगलागि पिडितलाई गुलरिया नगरपालिकाले सहयाेग गर्ने
[the_ad id="16873"]

गुलरिया नगरपालिकाको बिहिबार बसेको कार्यपालिका बै

बैठकले नगरपालिकाको “खानेपानी तथा सरसफाई उपभोक्ता संस्था व्यवस्थापन कार्यविधि, २०८० स्विकृत गरेको छ । बिहिबार गुलरिया नगरपालिकामा बसेको बैठकले नगरपालिका क्षेत्र भित्र रहेका खानेपानी सरसफाई उपभोक्ता सस्था सञ्चालन तथा ब्यवस्थापन कार्य बिधि स्विकृत गरेको हो ।

गुलरिया नगरपालिका क्षेत्र भित्र सञ्चालन रहेका ३ वटा खाने पानि आयोजना र गुलरिया नगरपालिकाको वडा नं. ९ मा निर्माण सम्पन्न खानेपानी आयोजना र गुलरिया नगरपालिका वडा नं. १२ मा निर्माणधिन अयोजनालाई प्रभावकारी रुपले सञ्चालन गर्ने उद्धेश्यले कार्यबिधि स्व्किृत गरिएको हो । बिहिबार सम्पन्न कार्यबिधिबाट नगरपालिका क्षेत्र भित्र रहेका खानेपानी उपभोक्ता सस्थाहरुको अनुगमन गर्ने र प्रभावकारी रुपले सञ्चालन गर्ने उद्धेश्यले कार्यपालिका बैटकबा कार्यबिधि स्विकृत गरिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउँनु भयो । त्यसैगरी सम्पन्न कार्यपालिका बैठकले नदीजन्य पदार्थ उत्खनन गर्न नदी जन्य पदार्थ उत्खनन कार्यबिधि समेत पास गरेको छ । कार्यपालिका बैठकले गुलरिया नगरपालिका वडा नं। ४ तुलापुर गाउँमा आगलागी भई सम्पूर्ण घर जली नष्ट भै घरमा रहेका ४ जनाको दुःखत निधन भएकोमा उक्त घरमा मृत्यु भएका व्यक्तिहरुको हकमा जनही ५० हजार दरले सहयोग उपलब्ध गराउने आगलागिबाट नष्ट भएकाको घर निर्माण सहयोग स्वरुप ५० हजार र आगलागीमा घाइते हुन पुगेका घाइतेको उपचार स्वरुप अधिकतम ५० हजार सहयोग उपलब्ध गराउँने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search