[the_ad id="16865"]

५ लाख घुस रकम सहित सिमराका वडा अध्यक्ष तारा कार्कि पक्राउ

५ लाख घुस रकम सहित सिमराका वडा अध्यक्ष तारा कार्कि पक्राउ
[the_ad id="16873"]

बाराको जितपुर सिमरा उपमहानगरपालिका– ३ का वडाध्यक्ष तारा कार्की सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा कार्कीलाई हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग वडाध्यक्ष कार्कीले पाँच लाख रुपैयाँ घुस मागेका बताइएको छ।

उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकम अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

पक्राउ परेका कार्की ०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search