[the_ad id="16865"]

गुलरिया महोत्सवको आज सातौ दिन अहिले सम्म २५ हजार बढीले गरे अवलोकन

गुलरिया महोत्सवको आज सातौ दिन अहिले सम्म २५ हजार बढीले गरे अवलोकन
[the_ad id="16873"]

ज्योति कुमार पन्थी
बर्दिया जिल्लामा गत पुस ६ गते देखि शुरु भएको प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सवको आज सातौ दिन रमेशराज भटटराइ, गायिका अनिता चलाउँने, मोडल टिका जैशी हास्य कलाकार हास्य कलाकार सत्यनारायण चौधरी लगायतकाले आफनो प्रस्तुतिकरण गर्ने भएका छन । बर्दिया जिल्लाको गुलरियामा आयोजना गरिएको उक्त महोत्सवमा बर्दियाका बिभिन्न स्थानहरुबाट स्थानियहरु अवलोकनका लागि आउँने गरेका छन ।

महोत्सवको सातौ दिन सम्म आई पुग्दा करिव २५ हजार बढी स्थानियले महोत्सवको अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे (मंगल)ले बताउनु भयो । करिव ५ बर्ष पछि सञ्चालन गरिएको उक्त महोत्सवमा सर्वसाधारणको उपस्थितिले आफुहरुलाई उर्जा मिलेको समेत अध्यक्ष पाण्डेको भनाई छ । बर्दिया जिल्लाको सदरमुकाममा आयोजना गरिएको महोत्सवमा बिभिन्न किसिमका थारु परिकार लगयत बाल उद्ययनहरु समेत सञ्चालन गरिएको छ भने बिभिनन सामाग्रीका स्टलहरु समेत राखिएको उद्योग बाणिज्य संघ बर्दियाका सदस्य पिताम्बर घिमिरेले प्रष्ट समाचारलाई बताउँनु भयो ।

पछिल्लो समय बिभिन्न जिल्लाहरुमा महोत्सवले खासै प्रभाव जमाउँन नसकेको अवस्थामा बर्दियामा सञ्चालित महोत्सवले भने स्थानियको मन जितेको आयोजक सस्थाको भनाई छ भने आगामी पुस १५ गतेका दिन नायक पल शाह र पुस १६ गते गायिका तथा मोडेल ज्योति मगरको प्रस्स्तुति हुनेभ एकाले पनि थप आर्कषण बढने र महोत्सवमा अझ बढी मानिसहरुको सहभागिता हुनेमा आफुहरु बिश्वस्त रहेको उद्योग बाणिज्य संघ बर्दियाका बरिष्ट उपाध्यक्ष ईन्द्र कुमार श्रेष्टले प्रस्ट समाचारलाई बताउँनु भयो । गुलरियामा सञ्चालित महोत्सवका लागि बर्दियाका बिभिन्न स्थानिय तहबाट मानिसहरु आउँने गरेका छन भने सिमावर्ति भारतिय बजारहरुबाट समेत सर्वसाधारणको उपस्थिति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search