[the_ad id="16865"]

प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशकाे दाेश्राे जित

प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशकाे दाेश्राे जित
[the_ad id="16873"]

१२ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशले दोस्रो जित हात पारेको छ ।

त्यस क्रममा उसले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो । प्रतियोगितामा यो लुम्बिनीको चौथो हार हो । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको ९७ रनको सामान्य लक्ष्य मधेशले १८.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।


मधेशका लागि ओपनर ब्याटर पुजा महतोले सर्वाधिक ६० रन बनाइन् । उनले ५९ बलमा ५ चौका प्रहार गरिन् । अनुराधा चौधरीले १७ र सरस्वतीकुमारी चौधरी १२ रनमा अविजित रहिन् ।
लुम्बिनीका लागि सरस्वती पुन र कमला जीएमले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर ब्याटर लक्ष्मी चौधरीले ६४ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा ८ चौका र २ छक्का प्रहार गरिन् । सरस्वती जीएमले १० रन बनाइन् भने अन्य कुनैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेशका लागि साक्षी यादवले सर्वाधिक २ विकेट लिएइन् । पुजा महतो, आरती महतो र कविता गौतमले १/१ विकेट लिए । यो नतिजापछि मधेस र लुम्बिनीको समान ६ खेलबाट ४ अंक भएको छ । रनरेटमा लुम्बिनी पाँचौ र मधेश छैटौं स्थानमा छन् । यी दुवैको शीर्ष ४ मा पर्दै प्लेअफमा पुग्ने गणितीय संभावना कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search