[the_ad id="16865"]

बर्दियाको पर्यटकिय क्षेत्र हात्तिसारमा पार्किङ्ग शुल्क भन्दै चर्को रकम असुली

बर्दियाको पर्यटकिय क्षेत्र हात्तिसारमा पार्किङ्ग शुल्क भन्दै चर्को रकम असुली
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया
बर्दिया जिल्लाको पर्यटकिय क्षेत्रका रुपमा चिनिएको हात्तिसार क्षेत्रमा दशै तिहार लगतै बनभोज खान जानेको लर्को देखिन्छ भने त्यस क्षेत्रमा स्थानिय सरकार सञ्चमला ऐनको धज्जी उडाउँदै मध्यवर्ति क्षेत्रको नाममा सामुदायिक बनले पार्किक शुल्क बापत चर्को शुल्क असुल्ने गरेका छन । ठाकुरबाबा नगरपालिका अन्र्तगत पर्ने शिवपुर बन्द्रौवा सामुदायिक बनले पार्किग शुल्कका नाममा रकम असुल गर्ने गरेको बनभोजमा सामेल भएका सेवाग्राही आरोप लगाएका छन ।

उत्त स्थलमा मोटरसाईकलको ५०, अटो रिक्साको २ सय, कारको ५ सय, स्कर्पियो गाडीको ८ सय, मिनिबसहरु पार्किग गरे बापत १ हजार र ठुला बसहरु पार्किग गरे बापत २ हजार शिवपुर बन्द्रौवा सामुदायिक बनले असुल गर्ने गरेको छ । बनभोज खान जाँदा उत्त स्थानमा सामुदायिक बनका नाममा चर्को शुल्क असुल गर्दा समेत स्थानि सरकार मौन देखिएको छ । बर्दिया राष्टिय निकुञ्जको मध्यवर्ति क्षेत्र अन्र्तगत पर्ने हात्तिसारमा जथाभावि रकम असुल गरिएको भनि प्रश्न गर्दा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले उत्त क्षेत्र मध्यवर्ति क्षेत्रमा पर्ने भएकाले स्थानिय सरकार सञ्चालन एैन भन्दा पनि बाहिर गएर रकम असुल हुने गरेको स्विकार गरे उनले भने यसको गुनासो आई रहेको छ तर केही गर्न सकिएको छैन ।

स्थानिय पर्यटन ब्यवसायीले हात्तिसार क्षेत्रमा गरिएको पार्किग शुल्कको असुली अत्याधिक भएको बताउँने गरेका छन उक्त क्षेत्रमा अवलोकनका लागि आउँने पर्यटकले १५ सय को बर्दिया राष्टिय निकुञ्जमा शुल्क तिरि सके पछि ३ दिन सम्म सामुदायिक बन घुम्न पाउँने अधिकार हुदा समेत हात्तिसार क्षेत्रमा पुग्ने पर्यटक सँग सामुदायिक बनले थप रकम असुल्ने गरेको स्थानिय पर्यटन ब्यवसायी प्रमेश योगीको भनाई छ ।

अत्याधिक मात्रामा पार्किग शुल्क भन्दै रकम असुली गरिए पछि बनभोज स्थल पुग्नेहरुले आफनो सवारी साधन ५ सय मिटर परनै सडकमा पार्किग गर्ने गरेका छन । अत्याधिक मात्रामा बनभोज स्थलमा पार्किग शुल्क कसरी तोकियो भनि प्रश्न गर्दा शिवपुर बन्द्रौवा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष गणेश आचार्यले उक्त क्षेत्र बर्दिया राष्टिय निकुञ्जको मध्यवर्ति क्षेत्र भित्र पर्ने भएकाले तत्कालिन सहायक वार्डेन बद्रि बिनोद दाहालकै उपस्थिततिमा उक्त निर्णय गरिएको बताए । सर्वसाधारणबाट असुल गरिएको पार्किग शुल्कको प्रावधानको बारेमा बुझदा बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामले बनभोज स्थलमा भिडभाड भएको देखेको र शुल्कका बारेमा आफुलाई जानकारी नभएको बताउँदै उक्त शुल्क निकुञ्जको नियमानुसार भए नभएको बुझने बताउँनु भयो ।

उता संरक्षणकर्मि हेमन्त आचार्यले भने बनभोज स्थलका कारण स्थानियले समेत सास्ती बेहोर्नु परेको बताउँनु भयो । बनभोज स्थलमा जथाभावि फोहर र ध्वनि प्रदुशणका कारणले स्थानियलाई समेत समस्या भएको उहाँको भनाई छ । नेपालको संविधान २०७४ ले स्थानिय स्थरमा कुनै पनि क्षेत्रको कर असुल गर्ने जिम्मेवारी स्थानिय सरकारलाई दिएको भए पनि निकुञ्जको मध्यवर्ति क्षेत्रका नाममा कर असुल हुदा बनभोज स्थलमा जाने आन्तरिक र बाहय पर्यटक भने चर्को शुल्क तिर्न बाध्य देखिएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search