[the_ad id="16865"]

२०८ केजि सालककाे खपटा सहित २ जना पक्राउ

२०८ केजि सालककाे खपटा सहित २ जना पक्राउ
[the_ad id="16873"]

१३ पुस, विराटनगर । प्रहरीले संखुवासभाको उत्तरी क्षेत्रबाट ठूलो परिणामा बन्यजन्तु सालकको खपटा बरामद गरेको छ ।

चीनतर्फ लैजादै गरेको अवस्थामा भोटखोला गाउँपालिका–२ चेपुवाबाट सात वटा बोरामा राखिएको २ सय आठ किलो ७६ ग्राम सालकको खपटा (आखेटोपहार) बरामद गरेको हो । खपटा लैजादै गरेका मध्ये दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका– २ च्याम्ताङका ३५ वर्षीय छिरिङ भोटे र डेमा थिकेपा छन् ।

प्रहरीले खपटा बरामद गरेको स्थानबाट चीनसँगको सीमा नाका किमाथाङ्का करिब १५ किलोमिटर टाढा छ । सडक नभएका कारण सो दुरी पार गर्न एक दिन पैदल हिड्नुपर्छ । कोरोना महामारीपछि किमाथाङ्का नाका बन्द छ । नाका बन्द भए पनि तस्करको समूहले चीनतर्फ लैजादै गरेको अवस्थामा सालकको खपटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । उनका अनुसार तस्करको समूहले विभिन्न स्थानबाट खपटा संकलन गरेर चीनतर्फ लैजादै थिए ।


बुधबार बोरा बोकेर पैदल बाटो उकालोतर्फ जाँदै गरेको समूह प्रहरीलाई देखेपछि बोरा फालेर भागेको थियो । बोरा फालेर मान्छे भागेपछि चेक गर्दा प्रहरीले खपटा बरामद गरेको थियो । त्यसपछि भाग्ने मानिसको खोजी गर्ने क्रममा बिहीबार बिहान छिरिङ भोटेलाई पक्राउ गरेको थियो । भोटेको बयानका आधारमा बिहीबार नै डेमा थिकेपालाई पनि पक्राउ गरेको थियो ।

पक्राउ परेका भोटे व्यवस्थापकीय भूमिका खेल्ने कारोबारी भएको प्रहरीले बताएको छ । प्रहरीसँगको वयानमा उनले विभिन्न स्थानबाट संकलन गरी चीन लैजान खोजेको बताएका थिए नियन्त्रणमा लिएको सात बोरा सालकको खपटासहित पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि मकालु बरूण राष्ट्रिय निकुन्ज कार्यालयमा बुझाइएको डिएसपी श्रेष्ठले बताए ।नेपालमा ठूलो परिणाममा सालकको खपेटा बरामद भएको पहिलो घटना भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका बन्यजन्तु अनुसन्धान अधिकृत डिएसपी डाक्टर तपन दाहालले बताए । ‘यसअघि यती ठूलो परिणाममा सालकको खपटा बरामद भएको थिएन्,’ उनले भने ।

एउटा ठूलो सालकबाट एक किलोसम्म खपटा निस्कन्छ । तस्करको समूहले ठूलो संख्यामा सालक मारेर खपटा संकलन गरेको देखिएको प्रहरीले बताएको छ । डीएसपी दाहालका अनुसार चीनमा गहना बनाउनका लागि सालकको खपटाको बढी प्रयोग हुनेदेखिन्छ । नेपालमा सालक अति संकटपन्न सूचीमा छ । सरकारले सालक संरक्षणका लागि विभिन्न अभियान पनि सञ्चालन गरिरहेको छ । स्राेत अनलाईन खवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search