[the_ad id="16865"]

ठाकुरबाबा नगरपालिकामा शिक्षकलाई तालिम

ठाकुरबाबा नगरपालिकामा शिक्षकलाई तालिम
[the_ad id="16873"]

ठाकुरबाबा नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा बिषयगत शिक्षकहरुलाई ReAL Plan सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।कोभिड-१९ का कारण बालबालिकाको शिक्षण-सिकाईमा पर्न गएको असर कम गर्ने तथा शैक्षिक गुणस्तर बढाउने हेतुले उपचारात्मक कक्षा सन्चालनका लागी तालिम प्रदान गरिएको थियो।

तालिमको पहिलो चरण अन्तर्गत मङ्सिर २८ गते ठाकुरबाबामा रहेका सामुदायिक बिद्यालयका सम्पुर्ण प्रधानाध्यापक हरुलाई १ दिने तालिम प्रदान गरिएको थियो भने दोस्रो चरण अन्तर्गत ठाकुरबाबामा रहेका सामुदायिक बिद्यालयका सम्पुर्ण बिषयगत शिक्षकहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम मङ्सिर २९ र ३० मा सन्चालन गरिएको थियो। उक्त तालिम Plan International Nepal र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सन्चालित बालिका सशक्त परियोजना तथा ठाकुरबाबा नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा सैनवार बर्दियाको सम्युक्त लगानी तथा आयोजनामा सम्पन्न गरिएको थियो।

तालिमको सहजीकरण ठाकुरबाबा नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख सीता कुमारी भण्डारी तथा बिषयगत प्रशिक्षकहरुले गर्नु भएको थियो। यसका अतिरिक्त ReAL Plan अन्तर्गत तेस्रो चरणका अनुगमन मुल्याङ्कण समिक्षा तथा पुनर्ताजगी तालिमहरु Plan International Nepal र RKJS को साझेदारीमा सन्चालित बालिका सशक्त परियोजना र ठाकुरबाबा नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको सम्युक्त लगानी तथा साझेदारीमा २०८० असार १५ गते सम्म नियमित रुपमा सन्चालन गरिने कार्यक्रमका सञ्चालक मनाेज पाैडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search