[the_ad id="16865"]

कान्तिपुर बिरूद्व गाली बेईज्यति मद्वा

कान्तिपुर बिरूद्व गाली बेईज्यति मद्वा
[the_ad id="16873"]

१७ पुस, काठमाडौं । आफ्नो मानप्रतिष्ठामा आघात पुर्‍याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन्स विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । उनले वारेसमार्फत मंगलबार जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दर्ता गराएका हुन् ।

सहकारीको ऋण, टेलिभिजन कम्पनीमा भएको लगानी र आफ्नो संलग्नताबारे झुटो विवरण प्रकाशित गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।लामिछानेले कान्तिपुर पब्लिकेसन्स, इकान्तिपुर डट कम, कान्तिपुर दैनिकका साथै पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहानलाई विपक्षी बनाएका छन् ।

मुद्दामा उनले १५१ रुपैयाँ क्षतिपूर्ति, मुद्दामामिलामा लागेको खर्च समेत भराउन माग गरेका छन् । उनले मुलुकी अपराध संहिताको दफा ३०५ र ३०७ को उल्लंघन भएकाले विपक्षीहरुलाई कैद र जरिवानाको माग गरेका छन् । उक्त ऐनमा आरोप पुष्टि भएमा अधिकतम २ वर्षसम्म कैद र २० हजार जरिवाना हुने व्यवस्था छ । विद्युतीय माध्यम प्रयोग गरी गाइबेइज्जती गरेको भए थप १ वर्ष कैद र १० हजार जरिवाना हुन्छ ।

फिरादपत्रमा लामिछानेले आफूलाई लाञ्छित गर्न दशकौं लामो सामाजिक, व्यवसायिक प्रतिष्ठा सखाप पार्ने उद्देश्यले समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search