[the_ad id="16865"]

गुलरियामा तीन दिन माघ महाेत्सव हुने

गुलरियामा तीन दिन माघ महाेत्सव हुने
[the_ad id="16873"]

ज्याेति पन्थि
थारू कल्याणकारिणि सभा बर्दियाले माघि पर्वलाई लक्षित गरेर बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा ३ दिने थारू संस्कृति माघ महाेत्सव २०८० काे आयाेजना गर्ने भएकाे छ । गुलरियामा थारू कल्याणकारिणि सभाले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महाेत्सवबारे जानकारि गराईएकाे हाे । गुलरिया नगरपालिका वडा नं ५ मा रहेकाे थारू संग्राहलयमा आयाेजना गरिएकाे उक्त मेलामा ३ दिन सम्म विभिन्न किसिमका थारू परिकार खायर , नृत्यहरू हेरेर र माघि म्लाकाे आनन्द लिन सकिने थारू कल्याणकारिणि सभा बर्दियाका अध्यक्ष वीर बहादुर थारूले बताउनु भयाे ।

थारूसमुदायले पाैकाे अन्तिम दिन राति देखिनै माघि मनाउने गरेका छन भने माघिलाई विशेष गरि नया बर्ष र नया कामकाे शुरूवातकाे रूपमा पनि मघि पर्वलाई मनाउने गरिएकाे छ । तीन दिन सम्म आयाेजना हुने माघि मेलामा अवलाेकनका लागि आउन र विभिन्न किसिमा परिकारहरूकाे स्वाद लिन पनि थारू कल्याणकारिणि सभाले सवैमा अनुराेध समेत गरेकाे छ । उक्त मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारले समेत प्रस्तुति गर्ने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search