[the_ad id="16865"]

गुलरिया नगरपालिकाकाे ११ ओैं नगरसभा सम्पन्न

गुलरिया नगरपालिकाकाे ११ ओैं नगरसभा सम्पन्न
[the_ad id="16873"]

गुलरिया नगरपालिकाकाे ११ ओै नगरसभा बिहिबार सम्पन्न भएकाे छ । उक्त नगरसभामा नगरपालिकाले ६५ प्रतिशत आर्थिक प्रगति सम्पन्न गरेकाे जानकारि दिएकाे थियाे । ११ ओै नगर सभामा बाेल्दै वडा अध्यक्षहरूले नगरकाे बिकासमा कुनै कसर बाकि नराख्ने बताएका छन

११ ओै नगरसभामा कसले के भने –

वडा नं १ का वडा सदस्य प्रेम यादवले नगर प्रमुख समक्ष वडा सदस्यहरूकाे समेत नगर प्रमुखकाे अध्यक्षतामा बैठक बसेर वडा सदस्यहरूकाे गुनासाे सुन्न अनुराेध गरे ।

वडा नं ११ का वडा अध्यक्ष बिण्णु यादव ओैषधि काे सहज ब्यवस्थापन मिलाउन अनुराेध

वडा नं ९ अध्यक्ष हरि प्रसाद पासिद्वारा हाटबजारलाई ब्यवस्थित गर्न माग गर्नु भयाे ।

वडा नं २ का अध्यक्ष टंक प्रसाद अधिकारी कृष्णसार संरक्षण र बस्ति ब्यवस्थापन सहित जब्दिपुल पुन: निर्माणमा नगरपालिकाले कदम चाल्नु पर्नेमा जाेड दिनु भयाे उहाले अनसन बस्ने संसद सञ्जय गाैतमलाई आफ्नाे समर्थन रहेकाे समेत बताउनु भयाे ।

वडा न ४ का अध्यक्ष सुरेस गाैतम वडाकाे बिकासमा नगर प्रमुखकाे अहम भुमिका र कृष्णसार र तटबन्धकाे तत्काल ब्यवस्थापन गर्न माग

स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले प्रकृया झण्झटिलाे भएकाले ओैषधि खरिदमा समस्या भएकाे बताउनु भयाे । खरिद प्रकृयाका कारण समस्या भएकाे समेत उहाले बताउनु भयाे ।

नगरसभालाई सम्बाेध गर्दै गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतम वडाहरूले राखेका मागमा सकारात्मक रूपमा लिएकाे बताउदै वडाहरूले राखेका मागमा एक्यवद्वता जनाउनु भयाे ।

११ ओै नगरसभामा बाेल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले मघिकाे शुभकामना दिदै सभामा आयका कुराहरू सकारात्मक रहेकाे र अौषधिकाे टेण्डर हालेर ओैषधि उपलब्ध नगराउने ओैषधि ब्यवसायिलाई कानुन बमाेजिम कारबाहि गर्न निर्देशन दिनुभयाे । समयमा ओैषधि नआएका कारण नागरिकले दुख्ख पाएकाे उहाले जिकिर गर्नु भयाे । नगर प्रमुख यादवले जब्दिपुलकाे पुनर्निमाण गर्नका लागि तत्काल संघिय सरकार समक्ष नगरपालिकाकाे टाेलि डेलिगेशन जाने बताउनु भयाे ।।

११ ओै नगरसभामा प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन याेजना शाखाका अधिकृत मुुकुन्द अर्यालले गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search