[the_ad id="16865"]

रोजगारीको शिलशिलामा भारत पुगेकालाई बन्दी बनाएर काममा लगाईदै

रोजगारीको शिलशिलामा भारत पुगेकालाई बन्दी बनाएर काममा लगाईदै
[the_ad id="16873"]

ज्योति कुमार पन्थी
बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट रोजगारीको शिलशिलामा भारतको राजकोट पुगेका ९ जना युवाहरुलाई राजकोटमा बन्दी बनाएर काममा लगाईएको छ ।
भारतको मध्य प्रदेश स्थित राजकोटमा रोजगारीको शिलशिलामा पुगेका बर्दियाका युवाहरुलाई बन्दी बनाएर काममा लगाईएको छ । बर्दिया जिल्लाको सदरमुकाम गुलििरया नगरपालिका वडा नं. ९ बाट रोजगारीको शिलशिलामा राजकोट पुगेका स्थानियलाई बन्दी बनाएर काममा लगाईएको उनिहरुले बताएका छन । गुलरियाबाट रोजागरीको शिलशिलामा राजकोट पुगेका अर्जुन लोध, अरबिन्द लोध, राजितराम लोध, सुखराम लोध, राजेश लोध, कुलदिप लोध, रामुलोध र बिनोद लोधलाई राजकोटमा रहेको भवानी स्टपिगका सञ्चालकले बन्दी बनाएर काममा लगाएको छ भने बन्दी बनार राखिएको अवस्थाबाट घनश्याम लोध, अंकित लोध, रामेश लोध राजेश लोध, हृदयराम लोध र प्रमेचन्द लोध भने भागरे नेपाल फर्किएको राजेश लोधले बताए ।

रोगगारीको शिलशिलामा भारत जाने युवाहरुलाई बिहान८ बजेदेखि साँझ ८ बजे सम्म काम गराईने गरिएको छ । बिभिन्न बहानामा उनिहरुलाई काममा लगाउँने गरिएको र काम गरे पछि पारिश्रमिक समेत नदिएर कुटपिट गर्ने गरिएको बन्दक बनाईएका युवाहरुका अभिभावकले बताएका छन । न्युन आए भएका युवाहरलाई कामको शिलशिलामा भारत बोलाउँने र काम लगाए पछि उनिहरुको ज्याला समेत नदिने गरेको र ज्याला माग्न जाँदा उनिहरुलाई कुटपिट गर्ने गरेको र सँगै गएका युवाहरु भागेर नेपाल आउँदा आफना बाल बच्चा समेत उत बन्दी बन्नु परेको गुनासो अभिभावक ईन्द्रवतीलोधको छ ।

भारतमा बन्दी बनाईएका ९ जनाको सकुसल उद्धार गरि नेपाल फर्काई दिन गुलरिया नगरपालिकको न्यायायिक समितिमा स्थानियले उजुरीदर्ता गराए पछि यो घटना बाहिर आएको हो । नेपाल भारत सिमा क्षेत्रका अधिकाश युवाहरु रोजगारीको शिलशिलामा भारत जाने गरेको र कामका शिलशिलामा भारत पुगेका युवालाई बन्दक बनाईएको उजुरी न्यायिक समितिमा परेको गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गौतमले बताउँनु भयो । उहाँले भन्नु भयो हामिले उनिहरुको घरमा पुगेर जानकारी समेत लिएका छौ अव प्रमुख जिल्ला अधिकारी शुरक्षा निकाय सँग बसेर उनिहरुलाई कसरी सकुसल नेपाल फर्काउन सकिन्छ भन्ने बिषयमा छलफल हुने बतउँनु भयो ।

रोगजारीको शिलशिलामा भारत गाएकाहरु अधिकाश १८ बर्ष देखि २२ बर्ष उमेर समुहका छन । बन्दी स्थलबाट भागेर आउँनेहरुले समेत आफुहरुलाई कुटपिट भएको र थुनेर काम लगाएको गुनासो गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search