[the_ad id="16865"]

पश्चिम तराईका जिल्लाहरूमा माघिकाे राैनक शुरू

पश्चिम तराईका जिल्लाहरूमा माघिकाे राैनक शुरू
[the_ad id="16873"]

एण्डिज शर्मा
अहिले पश्चिम नेपालका दाग,बाके, कैलाली र कञ्चनपुर लगायत बर्दियाको थारू समुदायमा माघी पर्वको उल्लास छाएको छ । बर्दिया लगायतका थारु बस्तीमा माघीको रमझम सुरु भएको भइसकेको छ । माघ सुरु नहुँदै थारु समुदाय पुषलाई बिदाइ गर्न सर–सामान जोहो सुरु गर्न व्यस्त देखिन्छन् ।
बर्दियाको थारु गाँउबस्तीहरुमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायिले अहिले घर लिपपोत गर्न, जाँड, ढिक्री, रोटी लगायतका परिकार बनाउन तरखरमा रहेका छन । थारु समुदायले माघी पर्व आर्थत मकर संक्रांतीलाई विशेष पर्वको रूपमा मनाउने गर्दछन । माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरी तथा घरमै नुहाउने गरिन्छ । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको छ । माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रही आएको छ । माघी नुहाइसकेपछि नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’ गर्दछन् । नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपश्चात नाच्ने, जाँड खाने, गीत गाउने, मादल बजाउने प्रचलन रहेको थारु अगुवा रतन बहादुर थारुको भनाई छ ।
अचेल थारु समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ । माघीमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा ’निसराउ’ भनिन्छ । माघी कै दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ । यहि दिनबाट एक वर्षको लागि परिवारको घरमुली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अंशवन्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसकासाथै, गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अधेरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ । यिनीहरुको कार्यअवधि एक वर्षको रहने थारु अगुवा मिनराज थारुले बताए ।


माघी नुहाएपछि सबैभन्दा पूर्खालाई सबैभन्दा पहिले ढोग गर्दै आशिष थापिन्छ । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ भनिन्छ । सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघर सम्म हुन्छ । हप्ता दिनसम्म मनाइने माघी पर्व अन्तरगत थारु समुदायले विभिन्न नाचगान तथा सरसल्ला गरी मनाउने गर्छन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरिन्छ भने नदिमा गई विहानै नुहाए निसन्तान हुनेलाई सन्तान प्राप्ती पनि हुने धार्मिक विश्वास रहि आएको छ ।

थारु समुदायमा पुसको अन्तिम दिन घर–घरमा सुँगुर काट्ने चलन छ । जसलाई ’जिता–मरना’ भनिने गरिन्छ । यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने खानपानको दिन हो । यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको विश्वास गरिन्छ । अचेल थारु समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ । माघीमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा ’निसराउ’ भनिन्छ । पछिल्लो समयमा आधुनिकता संगै चाड मनाउने तरिकामा केहि परिवर्तन आएको छ । मादल बजाउने, रामायणमा आधारित भजन गाउने भन्द पनि डिजे बजाउने र डान्स गर्ने प्रवृति पनि भित्रीएको कतिपयको भनाई छ । अहिले बर्दिया जिल्लाको थारु कल्णकारिणिसभाले गुलरियामा तिन दिन थारु सस्कृति जगेर्ना गर्न माघि महोत्सवको आयोना गरेको थारु कल्याण कारिणिसभा बर्दियका अध्यक्ष बिर बहादुर चौधरीले बताए ।
माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर ’निसराउ’ स्वरूप चेलीबेटीलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किने बेलामा ’निसराउ’ लिएर जाने प्रचलन समेत थारु समुदायमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search