[the_ad id="16865"]

ब्युटिपार्लरमा प्रेरणा दिदै सपना

ब्युटिपार्लरमा प्रेरणा दिदै सपना
[the_ad id="16873"]

सञ्जय आचार्य
उमेरले ६५ बर्ष पुग्न लाग्नु भएको सपना कुँवर आजपनी उही जोस जाँगर अनी हौसला ले आफ्नो दैनिकी घरायसी तया व्यवसानिक कान गर्दै आउनु भएको छ। २०४५ सालमा वर्दियाको सदरमुकाम गुलरीयामा सपना ब्यूटी पार्लर को स्थापना गरी हाल सन्म बहाले सेवा दिदै आउनु भएको छ र सफल व्यवसायी को रुपमा आफ्नो परिचय बनाउन सफल समेत हुनु भएको छ। सौन्दर्य कला व्यवसायी संघ नेपाल संस्थापक जिल्ला अध्यक्ष र केन्द्रीय उपाध्यक्ष जस्तो गरीमामय पदमा रही आफो योगदान दिनु भएकी कुंवर हाल सल्लाहाकार को रुपमा रहदै आउनु भएको छ। बिगतमा मिसेज बाग्मती मा आफ्नी छोरी प्रेक्षा कुँवा लाई मिसेज बाग्नती बनाउमा सफल सपनाकी छोरी प्रेक्षा ले आफ्नो आमाको हौसला र बहाको कडा परीश्राम ले नै आफु सफल भएको बताउनु भयो ।सिटी भिटी वाट लेवल टु समेत गर्नु भएको सपना कुँवर ले दृढ संकल्प लिन सके जे पनि गर्न सकिने बताउनु भयो । जब सम्म महिला दिदी बहीनी हरु आर्थिक रुनले सबल हुदैनन तब सम्म महिला हिंसा जस्ता घटना को समाजमा कमी न आउने भएको हुदा समाजका महिला हरु लाई तालीम दिएर व्यवसानिक रुपमा सबल बनाउन सकिन्छ भन्ने धारणा लिएर आफु अघि बढेको कुवर बताउनु हुन्छ । ३५ बर्ष देखी उही जोस जांगर ले आफ्नो काम गर्दै आएको उहाका श्रीमत माधव कुँबले बताउदै घरमा पनि आफू र बाल बच्चा समेत लाई समय दिने गरेको बताउँदै श्रीमतीको सफललमा आफू निकै खुसी भएको बताउनु भयो ।सपना कुँवर जिल्लामा परिचित नाम हो । हाल सम्म करीब १ हजार भन्दा वढी महिला दिदी बहिनी हरुलाई तालिम दिई आत्मनिर्भर बनाउन सफल हुनु भएको बासगढी नगरपालिका ५ की सम्झना चौधरी ले बताउनु भयो। वहाको मिठो बोलि , सिकाउने तरीका र न सक्ने लाई निः शुल्क सिकाउने बानी ‘ सहयोगको भावना आफूलाई निकै मन परेको चौधरीले बताउनु भयो ।जिल्ला लगायत बाहिरी जिल्ला मा समे सपना कुँवर बाट सिकेर धेरै महिला दिदी बैनी हरु आफ्नै ब्यूटी पार्लर खोलेर व्यवसानीक रुपमा आत्मनिर्नर बन्दै गएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search