[the_ad id="16865"]

बाल बिवाह राेक्न किशाेरिकाे घरदैलाे

बाल बिवाह राेक्न किशाेरिकाे घरदैलाे
[the_ad id="16873"]

एण्डिज शर्मा
रीहरु बाल बिबाह बिरुद्दकाे सचेतनाकाे लागि घर दैलाे तथा र्यालि कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन । शनिवार गुलरिया नगरपालिका वडा नम्बर १२ काे भैसाही गाउँमा बाल बिबाह राेकथाम, छाेरा छाेरी बराबरी, छाेरीलाई विवाह हाेईन शिक्षाको जरुरी सम्बन्धिका नारा लेखिएका प्लेकाड सहित घरघरमा पुगेका छन । घरदैलाे भेटघाट तथा र्यालि पछिकाे सास्कृतिक कार्यक्रममा वडा बालअधिकार समितिका सदस्य वडा तगा वडा सदस्य घिशु थारु र भारती सुनारका अनुसार सामाजिक मूल्य मान्यता र परम्परा अनुसार थारु, मधेशी र दलित समुदादयमा बढि बाल बिबाह हुने गरेकाले यसलाई राेक्नका लागि यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु बढी केन्द्रित गर्नु पर्ने बताउनु भयाे ।


थारुले समुदाय मा विभिन्न सचेतना कार्यक्रम संचालनका लागी गैर सरकारी संस्थाहरु बाँके युनेस्को क्लव, बि गुर्प लगायतका धेरै सहयोग गरेको बताउनु भयाे। अब हामीले बाहिर एक भित्र अर्को ब्यबहार गर्ने सोच भए यो अभियानमा उपस्थिति हुनु र नहुनुमा कुनै अर्थ राख्दैन । हामिले हाम्रो जिवनमा हाम्रो स्वास्थ्यको ख्याल गर्ने हो भने कानुनले बिबाह गर्न तोकेको उम्मेरलाइ ध्यान दिनुपर्ने हुन्छ। बालबिवाह बिरुद्ध का सचेतना कार्यक्रम लाइ वडा बाल अधिकार समितिले टोल टोल मा लैजाने र आगामी दिनमा यश वडालाई बाल श्रम मुक्त वडा घोषणा को तयारी गरेको बताउनू भयो । 

बालबिवाह मुक्त वडा घोषणा को पनि हामिले तयारी गर्नुपर्ने प्रतिबद्धता जनाउनुभयको जनकारी बाँके युनेस्को क्लवका कार्यक्रम संयाेजक गाेबिन्द प्रसाद लामिछानेले बताउनु भयाे ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवकाे साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत प्रगतिशील किशोरी क्लब र परिवर्तनका सम्वाहक समुहकाे सयुक्त आयोजना बालबिवाह बिरुद्ध को सचेतना अभिवृद्धि सम्बन्धी को र्याल कार्यक्रम गुलरिया वडा नं १२ मा सम्पन्न भएकाे छ ।कार्यक्रममा किशोरी, बालक्लव र परिवर्तनका सम्वाहक समुहका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search