[the_ad id="16865"]

बाके युनेस्काे द्वारा युवाकाे पहुच बृद्वि गर्न जनप्रतिनिधि संग कार्यक्रम

बाके युनेस्काे द्वारा युवाकाे पहुच बृद्वि गर्न जनप्रतिनिधि संग कार्यक्रम
[the_ad id="16873"]

एण्डिज शर्मा
बर्दिया जिल्लामा युवाहरुकाे नागरिक तथा राजनीतिक अधिकारकाे सुनिश्चितता स्थानीय तहमा युवाकाे सहभागीता विषयक अन्तरकृया कार्यक्रम बर्दियाकाे गुलरियामा सम्पन्न भएकाे छ । स्थानीय सरकारका जनप्रतिनिधि हरुलाई एक दिने क्षमता अभिबृद्वी कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवकाे साझेदारीमा संचालित सशक्त बालिका परियाेजना मार्फत गुलरिया नगरपालिकामा संचालन गरिएकाे हाे । उक्त कार्यक्रम गुलरिया नगर उपप्रमुख साबित्रा गाैतमकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो । कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतमले युवाकाे पहुचका लागि संविधानमा भएकाे नितिगत ब्यवस्था लागु गर्नु पर्ने बताउनु भयाे ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ओमकार साह, बिभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, नगरपालिका प्रेस सल्लाहकार ज्याेती पन्थी, संचारकर्मी संजय आचार्य, मुलरी गाेडिया र महिला तथा बालबालिका प्रतिनिधि गीता बाकाबल र आईटी शाखाका सुरज सुवेदी लगायत २५ जनाकाे उपस्थिति रहेकाे थियोे ।

उक्त कार्यक्रममा युवा निति २०७२, स्थानीय तहमा युवाकाे सहभागिता, बिधमान कानुनीव्यवस्था, स्थानीय तहकाे याेजना प्रकृयामा युवा सहभागिता सम्बन्धि कार्यविधि २०७८, युवा मैत्री कार्यक्रम, युवा समन्वय समिती गठन, युवाकाे अवस्था विश्लेषणबारे जन प्रतिनिधिहरूलाई जानकारि गराईएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search