[the_ad id="16865"]

रेडक्रस ठाकुरवावा सभापतीमा नेपाल

रेडक्रस ठाकुरवावा सभापतीमा नेपाल
[the_ad id="16873"]

भावुक योगी भुरीगाउँ, बर्दिया : नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाको सभापतिमा पुनः यज्ञप्रसाद नेपाल निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न भएको ठाकुरबाबा उपशाखाको २८औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नेपालको सभापतित्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

उपसभापतिमा विजयाकुमारी खनाल, सचिवमा अर्जुन थापा, उपसचिवमा कुमारप्रसाद सापकोटा चयन हुनुभएको छ भने कोषाध्यक्षमा राजेन्द्रप्रसाद शर्मा र उपकोषाध्यक्षमा सरस्वती शर्मा निर्वाचित हुनु भएको छ । महिला सदस्यमा मनादेवी शर्मा सदस्यहरुमा कलिराम थारु कुस्मा, लक्ष्मीकान्त शर्मा, गीतादेवी उपाध्याय र मदनकुमार चुनारा गरि सवै पदाधिकारीहरु सर्वसम्मत निर्वाचित हुनुभएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका कोषाध्यक्ष एवम् निर्वाचन अधिकारी भेजेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

सम्पन्न साधारणसभामा नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका कोषाध्यक्ष राजेन्द्रप्रसाद शर्माले आर्थिक बर्ष २०७९/८० को आयव्यय प्रस्तुत गर्नुभयो भने सभापति यज्ञप्रसाद नेपालले प्रगति प्रतिवेदन तथा प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको उपशाखाका सचिव अर्जुन थापाले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले विपतको समयमा रेडक्रसले निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै मानिसमा मानविय प्रवृति हराउदै गएको परीप्रेक्षमा मानिसमा मानविय भावना जागृत गराउन रेडक्रसको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ नेउलापुरमा निर्माण भइरहेको नगर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र स्थानीय पालिकासँग समन्वय तथा सहकार्य गर्ने बिषयमा छलफल समेत गरिएको सभापति यज्ञप्रसाद नेपालले जानकारी दिनुभयो । ठाकुरबाबा उपशाखाले विगतदेखि नै विपद् तथा जोखिममा मानवीय सहयोग गर्दै आएको र विभिन्न संघ संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्दै आएको सभापति नेपालले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उप–शाखाका सभापति यज्ञ प्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा, जिल्ला समन्वय समिति बर्दियाका सभापति सुर्यबहादुर बिष्टको प्रमुख आथित्ययता, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल तथा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नबराज ढुङ्गानाको विशेष अतिथ्यता रहेको थियो ।

साधारणसभा कार्यक्रममा वर्तमानमा रहनु भएका सम्पुर्ण पदाधिकारीहरु, वुद्धिजिवी, समाजसेविहरु, आजिवन तथा साधारण सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search