[the_ad id="16865"]

बर्दियाका शिक्षकलाई आई सि टि तालिम

बर्दियाका शिक्षकलाई आई सि टि तालिम
[the_ad id="16873"]

एण्डिज शर्मा । नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लब र त्यसैगरी राधाकृष्ण थारु जनसभा केन्द्रको आयोजनामा बर्दिया जिल्लाका सातवटा स्थानीय तहका शिक्षकहरूलाई आई सिटी सम्बन्धित तालिम सम्पन्न भएको छ ।चार दिनसम्म सञ्चालन भएको उक्त तालिममा आइसिटी सम्बन्धी विभिन्न जानकारीहरू दिइएको थियो। राधाकृष्ण थारु जनसभा केन्द्र र बाँके युनेस्कोको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिममा प्रश्नपत्र निर्माणमा सहजता र तथ्याङ्क व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्य रहेको सशक्त बालिका परियोजनाका संयोजक गोविन्दप्रसाद लामिछानेले बताए । त्यो तालिममा विद्यालयलाई सूचना प्रविधिसँग जोड्दै विद्यार्थीहरूको सूचनामा पहुँच वैज्ञानिक शिक्षण सिकाई र विद्यालयको नतिजा प्रकाशनमा सहजता अनलाइन कक्षा सञ्चालनका विभिन्न विधिबारे जानकारी प्रश्नपत्र निर्माणमा सहजता र तथ्याङ्क व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्य रहेको समेत लामिछानेले बताए ।चार दिनसम्म सञ्चालन भएको उक्त तालिमको सहजीकरण कृतिराज ढकालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search