[the_ad id="16865"]

शैक्षिक समाग्री निर्माण गर्न वालविकासका शिक्षकलाई तालिम

शैक्षिक समाग्री निर्माण गर्न वालविकासका शिक्षकलाई तालिम
[the_ad id="16873"]

एण्डिज शर्मा बर्दिया । प्लान ईन्टरनेशनल नेपाल र बाके युनेस्को क्लवकाे साझेदारीमा संचालित शसक्त बालिका परियोजना अन्तरगत मधुवन गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका ९ वटा बिधालयका २१ जना बाल बिकासका शिक्षकहरूलाई चार दिने स्थानीय शैक्षिक सामग्री निर्माण तथा त्यसको उचित प्रयोग सम्बन्धि तालिम सम्पन्न भएकाे छ ।

बालबालिकाकाे सिकाईमा सहज, बालमैत्री कक्षाकाेठाकाे व्यवस्थापन, विभिन्न खेलाैनाका सामाग्री बनाउने, कक्षाकाेठामा पढाइ सम्बन्धि सन्दर्भ सामाग्री र रमाइलो वातावरणमा बालबालिकालाई सिक्ने र बृद्वी विकासमा सहयाेग पुराउने उदेश्यका साथ संचालन गरीएकाे शसक्त बालिका परियाेजना कार्यक्रम संयाेजक गाेबिन्द प्रसाद लामिछानेले बताउनु भयाे ।

तालिमको समापन सत्रमा बोल्दै मधुबन नगरपालिका का उप प्रमुख अनिता चौधरीले गुणस्तरीय शिक्षाका लागि प्रारम्भिक बाल बिकासमा लगानीमा गर्न्नु पर्नेमा जोड दिनु भयको थियो । बाल बिकास लाई सिकाइ मैत्री तथा बाल मैत्री बनाउनेतर्फ स्थानीय सरकार विशेष ध्यान दिनुपर्ने कुरा सहभागी हरुले बतायका थिय । तालिमको सहजिकरण सेताे गुराँस संस्थाका झल कुमारी कार्कीले गर्नु भयको थियो भने कार्यक्रम काे व्यवस्थापन,सन्चालन कार्यक्रम अधिकृत ईश्वर बि क ले गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search