[the_ad id="16865"]

शिक्षा क्षेत्रमा उत्कृष्ट काम गर्ने ठाकुरबाबा नगरपालिका सम्मानित

शिक्षा क्षेत्रमा उत्कृष्ट काम गर्ने ठाकुरबाबा नगरपालिका सम्मानित
[the_ad id="16873"]

ज्योति पन्थी
शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्तीका अवसरमा देशभरका स्थानीय पालिहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकालाई शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेकाे छ ।

झन्डै २५ वर्ष अघि स्थापना भएको शिक्षा पत्रकार समूहले रजत जयन्ती अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले सुरु गरेको निःशुल्क शिक्षा अभ्यासलाई उच्च प्राथमिकता राखि ठाकुरबाबा नगरपालिकाकालाई सम्मान गरेको हो । रजत जयन्तीका अवसरमा सनिवार काठमाडौंमा आयाेजित कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको भन्दै बर्दियाको ठाकुराबाबा नगरपालिकालाई सम्मान गरेको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । देशभरका स्थानीय पालिकाहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाले २०७९ सालदेखि सुरु गरेको निःशुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै शिक्षा पत्रकार समूहले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमसख तिलकराम लम्साल, उप प्रमुख विना कुमारी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालसहितकाे टाेलीलाई शिक्षा पत्रकार समुहका अध्यक्ष कृष्ण मल्ल, सम्मान तथा पुरस्कार छनाैट समितिका संयाेजक प्राध्यापक डाक्टर विद्यानाथ काेइराला र शिक्षामन्त्री अशोककुमारले सम्मान पत्र प्रदान गर्नुभएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा आफ्नो पालिाकामा गरेकाे कार्यकाे मुल्यांकन गरि पालिका परिवारलाई प्रसंसासहित सम्मानित गरेकाेमा आभार व्यक्त गर्दै शैक्षिक गुणस्तर उकास्दै शिक्षा क्षेत्रमा अझैँ थप काम गर्ने हाैसलासंगै जिम्मेवारी थपिएको महशुस भएको नगर प्रमुख लम्सालले बताउनुभयो ।

शिक्षा पत्रकार समुहको रजत जयन्ती एवं सम्मान कार्यक्रममा शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मूलतः स्थानीय तहलाई नै दिइएकाले आफ्नो पालिकामा शैक्षिक गुणस्तर माथि उठाउँदै सबैले सर्वसुलभ शिक्षा पाउनका लागि पालिका आफै अग्रसर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search