[the_ad id="16865"]

गुलरियामा युवा सहभागिता र निर्देशिका सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

गुलरियामा युवा सहभागिता र निर्देशिका सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
[the_ad id="16873"]

एण्डिज शर्मा फागुन २३ (बर्दिया)प्लान इन्टरनेसनल नेपाल को साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा युवा सहभागिता निर्देशिका तथा कार्ययोजना निर्माण बारे अभिमुखीकरण गुलरियामा सम्पन्न भयको छ । शसक्त् बालिका परियोजना अन्तर्गत संचालित उक्क्त कार्यक्रममा किसोरी तथा युबा क्लबका सदस्यहरुको सहभागिता रहेको थियो गुलरिया नगरपालिकाका वार्ड स्तरीय यूवा क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा युवा नीति २०७२, युथ भिजन २०२५, स्थानीय सरकार संचालन एन २०७४ , ,स्थानीय योजना तर्जुमा प्रक्रिया र स्थानीय तहमा युवा सहभागीताताको महत्व र चुनौती का बारेमा सहजीकरण गरियको थियो ।

युवाको सहभागिता तथा सशक्तिकरण गर्नको लागि युवाक्लब गठन तथा युवा सांसद संचालन कार्यविधि – २०७५ को स्थानीयकरण गर्ने युवा संसदको निर्माण र अभ्यास,क्षमता अभिवृद्दी, श्रोत व्यवस्थापन , योजना तर्जुमा प्रक्रियामा सम्बन्धी जानकारी गराईएको थियो भने कार्यक्रममा युवा सहभागिता (बालबालिका, किशोरकिशोरी सहित) स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि बनाइ लागु गर्ने स्थानीय तहको योजना तर्जुमा प्रक्रिया दिग्दर्शन२०७८ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ ले तोके बमोजिम सिमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, किशोर किशोरी, दलित, युवा, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गताभएका व्यक्ति,ज्येष्ठ नागरिक लगायतका सरोकारवालाको अधिकतम सहभागिता सुनिश्चित् गर्नका लागि युवा क्लबले स्थानीय तहमा पैरवी गर्ने कुरामा जोड दियका थिय स्थानीय तहमा युवा सहभागिता सुनिस्चित गर्नका लागि युवामा लगानी गर्नु पर्नेमा सहभागीको भनाइ रहेको थियो ।

प्रशिक्षक दिपक भटराईले सहजीकरण गर्नुभयको उक्क्त कार्यक्रममा सहभागीहरुले कार्ययोजना निर्माण गरि लागु गर्ने प्रतिबद्दता जनायका थिय भने कार्यक्रमको संचालन परियोजना अधिकृत इश्वर बिकले गर्नु भयको थियो भने कार्यक्रमको उदेस्य तथा परियोजाना बारे जानकारी परियोजना संयोजक गोविन्द प्रसाद लामिछाने ले गर्नु भयको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search