[the_ad id="16865"]

भारतमा हरित हाइड्रोजन उत्पादन शुरू

भारतमा हरित हाइड्रोजन उत्पादन शुरू
[the_ad id="16873"]

कृष्णा चौलागाई (काठमाण्डौ) । नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन चाहेको भारतको ग्रीनजो इनर्जी इ०िडया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिकरुपमै अनावरण गरेको छ । कार्यक्रममा राज्यका मन्त्रीहरु सम्मिलित कार्यक्रममा भारतमै उत्पादन भएको इलेक्ट्रोलाइजर अनावरण गरिएको हो । एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँछ । भारतमा अहिले कार्बन उत्सर्जन गर्ने ग्याँसबाट हाइड्रोजन बनाउने गरिएको छ । तर, यो इलेक्ट्रोलाइजरले हरित हाइड्रोजन उत्पादन गर्छ । यसले स्वच्छ वातावरणमा टेवा पुर्याउँछ । यो अनावरण भएसँगै ग्रीन हाइड्रोजन उत्पादनका लागि कोशेढुंगा सावित भएको छ । भारतमै हरित हाइड्रोजन उत्पादन गर्ने यो इलेक्ट्रोलाइजर पहिलो हो । ग्रीनजो इण्डिया लिमिटेडले २५० मेगावाट क्षमताको इलेक्ट्रोलाइजर बनाउन सुरु गरिसकेको छ । अहिले १ मेगावाट क्षमताको अनावरण गरिएको हो । गुजरात राज्यका उद्योगमन्त्री बलवंतसिंह राजपूतले अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । एमएसएमई मंत्री जगदीश विश्वकर्मा, मुकेश पटेल पर्यावरणमन्त्री, हर्ष संघवी गृह मंत्री मंगलबारको शोभायात्रा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले भारतमै उत्पादन इलेक्ट्रोलाइजर यो क्षेत्रकै लागि सस्तो र किफायतीसँगै उपयोगी हुने बताउनुभएको थियो । गुजरातको सनान्दमा रहेको ग्रीन्जो इनर्जी इण्डिया लिमिटेडका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफ्नो समूहले एक मेगावाट उत्पाद गर्न सक्ने अल्कलाइन इलेक्ट्रोलाइजर बनाउनुलाई निकै महत्वपूर्ण ठान्नुभएको छ । अग्रवालले भन्नुभयो, ‘यो पर्यावरण संरक्षणका लागि निकै महत्वपूर्ण हो । हरित हाइड्रोजन उत्पादनमा आवश्यक अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउँदै गर्दा नेपाल लगायतका मुलुकका लागि पनि फाइदा हुने प्रबन्ध निर्देशक अग्रवालले विश्वास दिलाउनुभयो । नेपाल पनि यो अभियानमा जोडिनुपर्ने उहाँको तर्क थियो । ग्रीनजो इनर्जीले अहिले ५ मेगावाट हरित हाइड्रोजन उत्पादन गर्न सक्ने इलेक्ट्रोलाइजर बनाउँदैछ । पर्यावरणमा योगदान पुर्याउँदे आएको ग्रीनजो इनर्जीले सस्तो सुलभ इलेक्ट्रोलाइजर मात्र होइन नेपालमा हाइड्रोजन उत्पानका लागि पनि इच्छा देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search