[the_ad id="16865"]

बालविवाह न्यूनीकरणमा सक्रिय बन्दै सि ओ सिका किशोर किशोरी

बालविवाह न्यूनीकरणमा सक्रिय बन्दै सि ओ सिका किशोर किशोरी
[the_ad id="16873"]

ज्योति पन्थी (बर्दिया) चैत १० ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूहको सहकार्यमा बर्दिया जिल्लाको गुलेरिया नगरपालिका र विशेषगरी बढैयाताल गाउँपालिकाका बालबालिकालाई लक्षित गरेर सीओसी सञ्चालनमा ल्याइएको छ। उक्त सीओसीमा आबद्ध बालबालिकाहरूले बालविवाह न्यूनीकरणका लागि समाजमा चेतनामूलक कामहरु गर्दै आइरहेका छन् ।

भेरी वातावरणीय विशिष्टता समूहले गठन गरेको उक्त सीओसीमा १० देखि १५ वर्ष उमेरसम्मको दुईवटा किशोरी र दुईवटा किशोरहरू गरी चारवटा समूह छन् भने १६ देखि २४ वर्ष उमेर समूहको किशोरीको दुईवटा र दुईवटा किशोरको गरी कुल चारवटा समूह छन् । उक्त आठवटा समूहमा सम्मिलित बालबालिकाले लैङ्गिक हिंसा रोकथाम बालविवाह न्यूनीकरण तथा रोकथाम यौन दुर्व्यवहार र किशोर किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि अन्य विषयमा समेत छलफल गर्ने गर्दछन्। सिओसीमा संलग्न बालबालिकाहरूको प्रत्येक साता बैठक बस्ने समेत गर्दछ। सिओसीमा संलग्न बालबालिकाहरूले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ बालिका शिक्षाका लागि प्रत्येक बाट रु १ रुपैयाँ उठाएर अभियान समेत सञ्चालन गर्दै आइरहेका छन । जुन बालबालिकाको पठनपाठनमा समस्या छ अथवा आर्थिक अवस्था कमजोर छ त्यस्ता बालबालिकालाई उनीहरूले सहयोग गर्दै आइरहेको सिओसीमा संलग्न बालिका सीमा चौधरीको भनाइ छ। पहिला पहिला आफूहरूलाई बोल्न समेत समस्या हुने गरेको थियो। तर आफूहरूले सीओसी गठनपछि बी ग्रुपबाट आउने सर म्यामहरुले आफूहरुलाई जानकारी दिने गरेका कारण आफूहरुलाई अहिले बोल्न समेत समस्या नभएको र आफूहरूको बारेमा धेरै कुरा जान्ने अवसर मिलेको बालिका यादवको भनाइ छ ।

सिओसीमा संलग्न रहेका बालिकाहरूले अहिले पनि गाउँघरदेखि केन्द्र काठमाडौँसम्म पुगेर आफ्नो क्षमता प्रस्तुत गर्न पाएकोमा आफूहरू खुसी भएको बताएका छन् महिलाहरूको महिनाभरि स्वास्थ्य सम्बन्धी जानकारी र बालविवाह न्यूनीकरण लैङ्गिक हिंसा न्यूनीकरणका लागि आफूहरुले काम गर्न पाउँदा आफूहरू खुसी भएको हरूको भनाइ छ । सि ओ सि गठन गरेर बालबालिकाहरूको जमघट गराएर बालविवाह न्यूनीकरणदेखि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपका कार्यक्रम संयोजक डम्बर सुनारको भनाइ छ । भेरी वातावरणीय विशिष्टता समूहले गुलेरिया नगरपालिकाको वडा नम्बर १२ मा सञ्चालन गरेको सीओसीको आज गुलेरिया नगरपालिकाका उपप्रमुख लगायतको टोलीले अनुगमन समेत गरेको छ। उक्त अनुगमनमा बालबालिकाहरूले धेरै परिवर्तन आएको बताएका थिए उपप्रमुख सावित्रा गौतमले बी ग्रुपले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको र बालबालिकाहरूले समेत यसबाट धेरै कुराहरू सिक्ने मौका पाएको बताउनुभयो। बी ग्रुपले सञ्चालन गर्दै आएको cocमा आइसकेपछि बालबालिकाहरुले गाउँघरमा बालविवाह न्यूनीकरण लैङ्गिक हिंसा न्यूनीकरण लगायतमा आफ्नो भूमिका निर्वाह गर्दै आइरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search