[the_ad id="16865"]

लघुवित्त र सहकारीमा धेरै भिन्नता छ – नगरप्रमुख यादव

लघुवित्त र सहकारीमा धेरै भिन्नता छ – नगरप्रमुख यादव
[the_ad id="16873"]

एन्डी शर्मा बर्दिया चैत २० गते । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले लघुवित्त र सहकारीमा धेरै भिन्नता भएको बताउनुभएको छ। ६७औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले उक्त कुरा बताउनुभएको हो। गुलेरिया नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले लघुवित्तले गाउँ गाउँमा गएर जनतालाई लुट्ने काम गरेको बताउनुभयो। सरकारले लघुवित्त खारेज गर्नुपर्ने बताउँदै उहाँले लघुवित्त र सहकारीमा धेरै भिन्नता भएको समेत जिकिर गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले सहकारीले आआफ्नो सबै राम्रो गरेको र सहकारीहरु भएपनि सहकारीका महिला सदस्यहरुले अझ राम्रो प्रगति गरेको बताउनुभयो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गौतमले भन्नुभयो सहकारी र लघुवित्तमा धेरै भिन्नता छ। सरकारले लघुवित्तलाई छाडा छोडेका कारण आज जनता दुःखमा फसेको समेत बताउनुभयो। एकजनालाई ऋण प्रवाह गर्दा पाँच जनाको घरबार धितो राख्ने लघुवित्तले कहिले पनि जनताको भलो नगर्ने समेत उहाँको भनाइ थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रूपसिंह खत्रीले नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण सहकारीकर्मीहरूलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो। उहाँले विश्वमा सहकारीको आफ्नै छवि भएको बताउँदै नेपालमा पनि पछिल्लो समय सहकारी बीच केही विवाद भएपनि सहकारीहरुले धेरै राम्रो काम गरेको समेत बताउनुभयो ।

गुलरिया नगरपालिकामा मात्र अहिले ६५ सहकारीहरू दर्ता भएर सञ्चालन रद्द रहेका छन्। कतिपय सहकारी संस्थाहरुले मल बिउ वितरण गर्दै आइरहेका छन् भने कतिपय सहकारीहरूले भने त्यसमा पुँजी सङ्कलन गर्दै ऋण प्रवाह समेत गरिरहेका छन् । नगरपालिकामा विभिन्न सहकारी संस्थाको उपस्थितिमा सो दिवस मनाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search