[the_ad id="16865"]

शिक्षकहरुलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न

शिक्षकहरुलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न
[the_ad id="16873"]

एन्डिज शर्मा वर्दिया । बाँके युनेस्को क्लव र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा शसक्त बालिका परियोजना अन्र्तगत बर्दिया जिल्लाका ६ वटा स्थानीय तह अन्तर्गतका गुलरिया नगरपालिका जानकी मा.बि., त्रिशक्ती मा.बि., गौरी शंकर मा.बि., बढैयाताल गा. पा.ने..रा.मा.बि. गौब्रेपुर, ने रा मा बि पडरिया र जगदम्बिका मा.बि जमुनी, राजापुर नगरपालिका सरस्वती मा.बि. र ठाकुरबाबा न पा शारदा मा.बि. गरी १२ वटा बिद्यालयका प्रधानाध्यापक तथा लैगिंक समानता तथा सामाजिक समावेशकिरण सम्पर्क शिक्षक गरी २७ जना शिक्षकहरुको सहभागितामा तीन दिने लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

यस तालिमको मुख्य उदेश्य शिक्षकहरुलाई अध्यापनमा सहजता ल्याउनका लागि बिद्यार्र्थीहरुको मानसवटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, बिधार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुगोस साथै बिद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुगोस भन्ने रहेको बालिका सशक्त परियाेजना संयाेजक गाेबिन्द प्रसाद लामिछानेले बतायका छन् ।

उक्त तालिममा सहभागि साबित्रा आर्चायले तालिम अतिनै उपलब्धिमुलक, समय सान्र्धभिक, लैगिंक अवधाराणामा परिवर्तन तथा व्यवहारिक शिक्षण सिकाई उपलब्धीमा सहयोग पुग्ने र यो तालिम सबै बिधालयका सबै शिक्षकहरुलाई उपलब्ध गराउनु पर्नेमा जोड दिदै शसक्त बालिका परियोजनाले बिधालयको शैक्षिक गुण्स्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृव्व विकास र अध्यान रुचमि सहयोग पुगिरहेको यसको निरन्तरता र थप सहयोगको अपेक्षा गर्नु भएको थियो । तालिम समापनको अध्यक्षता गर्नु भएका ठाकुरबाबा नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं. ८ का अध्यक्ष टेक बहादुर बडुवाल ले बिद्यालयमा बिधार्थीहरुलाई नैतिक शिक्षा र जिम्मेवारी बोध गर्ने खालको शिक्षामा जोड दिनु पर्ने बताउन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search