[the_ad id="16865"]

बर्दियाको ठाकुरद्वारामा तीन दिने युवा भेलाको आयोजना

बर्दियाको ठाकुरद्वारामा तीन दिने युवा भेलाको आयोजना
[the_ad id="16873"]

एण्डिज शर्मा बर्दिया । युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला बर्दियाको ठाकुरद्वारामा शुरु भएकाे छ ।

बर्दिया जिल्ला सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्य गरी ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेकाे छ । प्लान ईन्टरनेशनल नेपाल, शसक्त बालिका परियाेजनाकाे आयाेजना तथा साझेदार संस्था बाँके युनेस्काे कलव, राधाकृष्ण थारु जनसेवा केन्द्र, बि ग्रुप र स्थानीय पालिकाहरकाे समन्वयमा युवा भेला संचालन भएको छ। युवाकाे नेतृत्व विकास, युवाहरुको सवाल, स्थानीय तहकाे याेजना, निति तथा कार्यक्रम निर्माण प्रकृयामा युवाकाे सवाल र सहभागिता मा पहुँच पुराउनका लागि जिल्ला स्तरिय युवा भेला संचालन गरिएको प्लान इन्टरनेशनल नेयालका निमित्त कार्यक्रक विज्ञ दिक्षा भाटले जानकारी गराउनु भयो। युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सह‌योगमा स्थानीय तहको समन्वयमा गठन गरिएका किशोरी क्लव तथा युवा कलव र परिवर्तनका संवाहक समुहबाट प्रतिनिधित्व गरेका हुन् ।

स्थानीय तहको निति निर्माण प्रकृयामा अर्थपूर्ण सहभागाताका लागि क्षमता विकास गरी युवाहरुकाे सवाल र युवा लक्षित योजनाहरु समावेश गर्नका लागि सहयोग पुग्ने बाँके युनेस्को क्लव, शसक्त बालिका परयाेजना संयाेजक गाेबिन्द प्रसाद लामािछानेले जानकारी गराउनु भयाे । यस भेलाकाे दाैरानमा सबै स्थानीय सरकारका प्रमुखहरुकाे उपस्थितिमा युवाहरुकाे स्थानीय योजना तथा नीति निर्माण प्रकृयामा यूवाहरुकाे सहभागता सुनिश्चितता गरी उनीहरुकाे शैक्षिक र नेतृत्व विकासमा टेवा् पुग्ने छ ।

यस युवा भेला कार्यक्रमकाे सहजिकरण प्लान ईन्टरनेशनल नेपालका अस्निता थापाले सहजीकरण गर्नु भएकाे थियो । उक्त कार्यक्रममा बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयाेजक मनोज पौडेल, वि ग्रुपका टेक्निकल संयाेजक दिनेश चाैधरीको उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search