[the_ad id="16865"]

बर्दियामा अत्याधिक मात्रामा गर्मी बढेपछि सडक सुनसान

बर्दियामा अत्याधिक मात्रामा गर्मी बढेपछि सडक सुनसान
[the_ad id="16873"]

एण्डिज शर्मा बर्दिया । बर्दिया जिल्लामा केही दिन यतादेखि अत्याधिक मात्रामा गर्मी बढेको छ। अत्याधिक मात्रामा गर्मी बढेपछि स्थानीयहरू घर बाहिर समेत निस्कन सकेका छैनन्। धेरै लामो समयपछि केहीबेर मात्र पानी परेका कारण अत्याधिक मात्रामा गर्मी बढेको स्थानीयको भनाइ छ। पछिल्लो समय बर्दिया जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको स्थानीय राज्य भण्डारीले बताए अत्याधिक मात्रामा गर्मी छ कतै निस्कने वातावरण छैन । अत्याधिक मात्रामा गर्मी बढेपछि सडकमा मानिसहरूको आवतजावतमा समेत कमी आएको देखिएको छ। मानिसहरू घर बाहिर निस्कन छाडेका छन् व्यापारमा समेत मन्दी आएको छ। सडकहरू सुनसान छन्। दिउँसोको समयमा सडकहरूमा मानिसहरू नदेखिने गरेको स्थानीयले बताउने गरेका छन् । बर्दिया जिल्लाको सदरमुकाममा विभिन्न कामका लागि आउने स्थानीयहरूलाई गर्मीले निकै समस्या भएको पनाका स्थानीय बासिन्दा फूलपाती चौधरीले बताए । गर्मी बढाइसकेपछि पछिल्लो समय मालपोत नापी कार्यालय र त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेदेखि राहधानी बनाउनेको संख्यामा समेत कमी आएको देखिन्छ । मौसमविदहरूले केही दिनसम्म तातो हावासहित लु चल्ने बताएपछि बर्दिया जिल्लामा यतिबेला गर्मी निकै बढेको हो। अझ पानी आउन नसक्ने भने गर्मी बढ्ने स्थानीयको आङ्कलन छ। केही दिन यता दैनिक जसो बर्दिया जिल्लाको तापक्रम समेत बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search