[the_ad id="16865"]

अत्याधिक गर्मी बढेपछि गुलरिया र मधुबनमा तीन दिन विद्यालय बन्द रहने

अत्याधिक गर्मी बढेपछि गुलरिया र मधुबनमा तीन दिन विद्यालय बन्द रहने
[the_ad id="16873"]

बर्दिया — पछिल्लो समय तराईका पश्चिमी जिल्लाहरूमा अत्याधिक गर्मी बढेपछि विद्यालय समेत प्रभावित भएका छन्। अत्याधिक गर्मी बढेपछि बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको भन्दै बर्दिया जिल्लाको गुलेरिया नगरपालिका र मधुवन नगरपालिकाले गुलरिया नगर भित्रका संस्थागत र सामुदायिक विद्यालय तीन दिन बन्द गर्ने जनाएको छ । अत्याधिक गर्मी बढेपछि विद्यार्थीको पठनपाठनमा समस्या भएको भन्दै जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताए ।
दिनहु जसो बढिरहेको तापमान अझ बढ्दै गएमा बिदाको समय लम्ब्याइने शिक्षा शाखा प्रमुख यादवले बताए । उनले भने, ‘गर्मी बिदालाई वर्षायाममा दिँदै आएको बिदाबाट मिलान गरिने छ । वर्षायाममा हरेक वर्ष बिदा दिने गरिन्छ । जिल्लामा दिउँसोको तापक्रम ४२ डिग्रीदेखि ४३ डिग्रीसम्म पुग्ने गरेको छ । जस्ता पाता र पक्की छत तातिने गर्दा विद्यार्थीलाई पढने वातावरण नभएको शिक्षक पिताम्बर पोखरेल बताउँछन । विद्यालय गर्मीले बालबालिका निकै प्रभावित भएको र अध्ययनमा समेत समस्या भएको प्रधानाध्यापक पोखरेलको भनाइ छ । दिनौजसो तातो हावा चल्नु दिनप्रतिदिन तापमान बढ्दै जानु र विद्यार्थीको अध्ययनमा समस्या हुनुले स्थानीय तहले समेत धमाधम विद्यालयहरू बन्द गर्न थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search