[the_ad id="16865"]

किशोरीहरूलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

किशोरीहरूलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
[the_ad id="16873"]

एन्डिज शर्मा । गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुलाई १० औं महिनावारी स्वाच्छता दिवशको अवशरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ किशोरीहरुलाई महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिनावारी स्वच्छता दिवसको अवसर पारेर किशोरीहरुलाई मर्यादित महिनावरीको अभियानहरु संचालनका लागि एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको साझेदारीमा सञ्चालित बालिका सशक्त परियोजनाको आर्थिक सहयोग र गुलरिया नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा संचालन गरिएको थियो ।

महिनावारीको विषयमा समुदायमा विद्यमान रहेको नकारात्मक धाराणाहरुलाई चिरदै सकारात्मक सोचको विकास गरी यो एउटा नियमित प्रकृया र महिलाहरुको सरिरमा रहेको रगत सुद्धिकरण तथा स्वास्थ्यताको लागि महिलाहरु महिनावारीहुनु महत्वपुर्ण छ भन्दै हाम्रा विभिन्न नकारात्मक धाराणा, सोच, व्यवहार र जीवनशैलीलाई परिवर्तन गर्नका लागि किशोरीहरुको माध्यमद्धारा समुदायमा सचेतना फैलाउनका लागि क्षमता अभिबृद्धि गरीएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।

यस अन्तरक्रिया कार्यक्रमको सहजीकरण बर्दिया जिल्ला अस्पतालका डा. सुनिता भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा ४० जना किशोरीहरुको सहभागीता रहेको थियो भने कार्यक्रममा डा. भण्डारीले महिनावारीको आवश्यकता, महिनावारी चक्र, महिनावारीको बेलामा प्रयोग गरीने प्याड तथा ट्युव प्रयोग गर्ने तरिका, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, पेट दुखाइ तथा कालो डल्लो रगत बग्ने समस्याको व्यवस्थापन र औषधि सेवको प्रकृया, पोषण तथा सरसफाइ र स्वच्छताको व्यवस्थापन एवम् महिनावारी सम्बन्धी नकारात्मक भ्रम र अन्ध विश्वास लगायतका महिनावारी सम्बन्धी विविध विषयमा किशोरीहरुलाई अभिमुखीकरण गराइएको थियो । र किशोरीहरुले महिनावारी सम्बन्धमाआफुले भागेका समस्याहरु प्रति स्वास्थ्य परामर्श समेत उपलब्ध गराइृएको थियो ।

यस कार्यक्रम गुलरिया नगरपालिकाका नगर उपप्रमुख साबित्रा गौतमको अध्यक्षता र महिला तथा बालबालिका शाखा प्रमुख शिला साहको उपस्थिीतीमा भएको कार्यक्रमा गौतम र शाहले आफ्ना अनुभव साटासाट गर्दै समुदायमा घटेका थुप्रै घटनाहरुको उदाहरण सहित महिनाबारी भएको वेला स्वास्थ्य, सरसफाई र खानपिनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो र यसलाई किशोरी क्लवका प्रतिनिधित्व मार्फत गाँउ गाँउमा सचेचना जगाउन पालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।

‘सशक्त बालिका परियोजना’ बर्दियाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका, तथा बढैयाताल गाँउपालिकामा विगत लामो समय देखि गुणत्मक शिक्षाको विकास, स्वास्थ्य, सरसफाई, बालविकास, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, पोषण एवम खानेपानी, सरसफाइ तथा स्वच्छतालगायतका क्षेत्रमा काम गर्र्दै मर्यादित महिनावरीको वातावरण र सोच र धाराणमा परिवर्तन गर्नका लागि समुदायमा बुबा समुह, धार्मिक अगुवा, पुरोहित, वर्डघर, मिडियाकर्मीहरुलाई नियमित रुपमा अभिमुखिकरण गर्दै आएको जानकारी कार्यक्रम संचालक तथा बालिका शसक्त परियोजनाका कार्यक्रम अधिकृत ईश्वर बि.क. ले जानकारी गराउनु भएको थियो र सो कार्यक्रममा फिल्ड सुपरभाईजर नग्मा मनिहार र भगवती वि.क. को उपस्थिीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search