[the_ad id="16865"]

नदीजन्य पदार्थ बोकेका ट्रिपरले सडक जिर्ण बनाउँदै

नदीजन्य पदार्थ बोकेका ट्रिपरले सडक जिर्ण बनाउँदै
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । बर्दिया जिल्लामा पछिल्लो समय टिप्पर आतंक बढ्दै गएको छ। अत्याधिक मात्रामा नदीजन्य पदार्थ लोड गरिएका टिप्परहरू सदरमुकाम गुलरियाबाट आवतजावत गर्ने गरेका छन् । मधुबन नगरपालिकाले गरेको ठेक्का सम्झौतापछि ग्राबिल बोक्ने नदीजन्य पदार्थ बोक्ने टिप्परहरू कृषि विकास बैंक सडक भएर हिँड्ने गरेका छन्। अधिकांश टिप्परहरू कृषि विकास बैंक भएर जाँदाखेरि पानी चुहाउँदै जाने गरेको दृश्य भने नौलो होइन ।

कृषि विकास बैंक भएर जाने टिप्परहरूले सडकमा जथाभावी कुदाउने गरेका कारण सडक समेत अहिले ध्वस्त हुँदै गइरहेको छ। कालोपत्र सडक नै ध्वस्त हुने भएपछि स्थानीयले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत त्यसमा सुनवाई नभएको गुनासो गरेका छन्। पश्चिमबाट नदीजन्य पदार्थ बोकेर सदरमुकाम गुलरिया हुँदै बाहिरिने टिपर र सदरमुकाम गुलरियामा डम्पिङ हुने गरेको नदीजन्य पदार्थ बोकेर आउने टिप्पर कृषि विकास बैंक सडक भएर जाने गरेको छ ।टिप्परले अत्याधिक मात्रामा नदीजन्य पदार्थ लोड गर्ने गरेका कारण सडक समेत ठाउँ-ठाउँमा भासिएको छ। कृषि विकास बैंक चोकमा यतिबेला हेर्ने हो भने सडक जीर्ण बन्दै गइरहेको छ। तर पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

नदीजन्य पदार्थ बोकेका टिप्परहरूले पानी चुहाउँदै सडकमा हिँड्ने गरेका छन्। त्यो मात्र होइन सडकमा बस्ने ट्राफिक प्रहरीले समेत त्यसलाई व्यवस्था गर्ने गरेको देखिन्छ । जथाभावी लोडिङ गरेर हिँडेका टिप्परहरू अत्याधिक मात्रामा कुदाउने गरेका कारणले पनि सडकहरु जीर्ण बन्दै गइरहेको देखिन्छ। तर पनि त्यसमा छानबिन हुन सकेको छैन । जथाभावी नदीजन्य पदार्थ लिएर हिँड्ने गरेका टिप्परहरूले गर्दा सडकजीर्ण भएको भन्ने प्रश्न गर्दा जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रहरी उपरीक्षक एवं प्रहरी नायब निरीक्षक तुलसीराम अर्यालले त्यस बारेमा बुझ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो नदीजन्य पदार्थ बोकेका सवारी साधनले पानी चुहाउँदै हिँड्न पाइने व्यवस्था छैन। त्यसबारेमा आफूले ट्राफिक प्रहरीसँग समन्वय गर्ने समेत बताउनुभयो। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search