[the_ad id="16865"]

गुलरिया नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

[the_ad id="16873"]

विकास समृद्धि र संरक्षण हाम्रो प्रतिबद्धता हाम्रो अभियान भन्ने मूल नारा लिएर अगाडि बढेको गुलरिया नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि सोमबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सुशासन उत्पादन वृद्धि, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ। सोमबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार लगायत कृषि क्षेत्रको उत्पादन वृद्धि र त्यसैगरी स्वास्थ्यमा पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जनाइएको छ। गुलरिया नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुरानो संरक्षण गरी सिमसार क्षेत्रको रुपमा विकास गरिने समेत जनाइएको छ। नगरपालिकाले सामुदायिक स्वास्थ्य केन्द्रहरूबाट गुणस्तरीय सेवा प्रदान गरिने र त्यसैगरी सडक विस्तारलाई पूर्वत रुपमा लैजाने समेत जनाएको छ। गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा गाउँदेखि नगरसम्म सम्पूर्ण सडकहरुलाई कालोपत्रे गरिने समेत जानकारी गराइएको छ।

आगामी वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा विद्यालयहरूको पुनरसंरचना गर्दै विद्यालयहरूमा शिक्षक विद्यार्थी अनुपात व्यवस्थापन गरिने र कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाइने

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। उक्त नीति तथा कार्यक्रममा गुलरिया नगरपालिकाकै उपप्रमुख सावित्रा गौतमले आर्थिक वर्ष ८१ /८२ का लागि करिब १ अरब ३७ लाख रुपैयाँको बजेट समेत सार्वजनिक गर्नुभएको थियो।

सोमबार सार्वजनिक नीति तथा कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले सम्पूर्ण जनप्रतिनिधिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले सञ्चालन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search