[the_ad id="16865"]

बर्दियामा मौवाको उत्पादनका लागि पकेट क्षेत्र विस्तार गरिने

बर्दियामा मौवाको उत्पादनका लागि पकेट क्षेत्र विस्तार गरिने
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । डिभिजन वन कार्यालय बर्दियाले बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा रहेको थारु सामुदायिक वनमा मौवा खेती प्रवर्धन कार्यक्रम सुरु गरेको छ। शुक्रबार १ दशमलव ३ हेक्टर जमिनमा २०६४ वटा मौवाको वृक्षरोपण गरेर मौवाखेती पकेट क्षेत्र विस्तार कार्यक्रम सुरु गरेको हो।डिभिजन वन कार्यालय बर्दियाले गुलरिया ५ मा रहेको सामुदायिक वनमा मौवा खेती प्रवर्तन कार्यक्रम सुरु गरिएको जानकारी गराएको थियो। ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर बर्दियाको गुलरियास्थित बालापुरमा रहेको थारु सामुदायिक वन उपभोक्ता समूहमा करिब २०६४ वटा ममुवाको वृक्षरोपण गरेर पकेट क्षेत्र विस्तारको काम सुरु गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले वृक्षारोपण गरेर मौवा खेती गरेमा स्थानीय कृषकहरूको समेत जीविकोपार्जन हुनेमा जोड दिनुभएको थियो।

भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौँ भन्ने मूल नाराका साथ मनाइएको राष्ट्रिय वृक्षरोपण दिवसमा डिभिजन वन कार्यालय बर्दियाले आयोजना गरेको कार्यक्रममा बोल्दै .जिल्ला प्रशासन कार्यालय बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सामुदायिक वनमा सुरु गरेको वृक्षारोपणले एकदिन अवश्य पनि सुखद दिन आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

पछिल्लो समय प्रदेश सरकारले विभिन्न स्थानहरूमा मौवा खेती प्रवर्धन कार्यक्रम सञ्चालन सुरु गरेपछि बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित थारु सामुदायिक वन उपभोक्ता समूहमा समेत वृक्षारोपण गरेर मौमा खेती प्रवर्धनको कार्यक्रम सुरु गरिएको छ । मौवा खेतीबाट राम्रो गर्न सक्ने हो भने ममा खेतीले स्थानीय उपभोक्ताहरूको आर्थिक आम्दानीमा समेत प्रभाव पार्ने देखिएको छ।

डिभिजन वन कार्यालयले अगाडि सारेको मौवा खेतीलाई प्रवर्द्धन गर्न सक्ने हो भने स्थानीय उपभोक्तालाई समेत आम्दानीको स्रोत बन्न सक्ने उद्देश्यका साथ मौवा खेती प्रवर्तन कार्यक्रम सुरु गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search