[the_ad id="16865"]

बर्दियामा सर्पले डसेर दुई बालिकाको मृत्यु

बर्दियामा सर्पले डसेर दुई बालिकाको मृत्यु
[the_ad id="16873"]

वर्दिया —सर्पले डसेर बर्दियाको गुलरिया नगरपालिका–१ मा दुई बालिकाको मृत्यु भएको छ । ९ महिनाको एक बालिकालाई आमासँगै सुतिरहेको अवस्थामा सर्पले डसेको हो ।

उनलाई उपचारका लागि गुलरिया अस्पतालमा ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको अस्पताल,बर्दियाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले बताए । यसैगरी सोही वडाको बेलटारीका ११ महिनाकी बालिकाको सर्पको डसाइबाट मृत्यु भएको छ । उनको पनि अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको पाण्डेयले जानकारी दिए ।

त्यसैगरी मधुवन नगरपालिका–२ ओराली बजार बंगालीपुर बस्ने वर्ष ६ कि रिया चौधरी सर्पको डसाइबाट गम्भीर घाइते भएकी छिन् । जिल्ला अस्पताल गुलरियामा उपचार हुन नसकेपछि उनलाई नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जनाए । स्रोत : कमल पन्थि ( कान्तिपुर )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search