[the_ad id="16865"]

पशुपति कोटीहोममा प्रहरी पुगेपछि तनाव सिर्जना

पशुपति कोटीहोममा प्रहरी पुगेपछि तनाव सिर्जना
[the_ad id="16873"]

काठमाडौं । पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।

आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् ।

फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।

आज कोटिहोमको समापन थियो । समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए । उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरे ।

काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताएका छन्


समाचार स्रोत अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search