[the_ad id="16865"]

गुलरिया नगरपालिकाले भूसेवा केन्द्रबाट हुने कामको शुल्क नलिने

गुलरिया नगरपालिकाले भूसेवा केन्द्रबाट हुने कामको शुल्क नलिने
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । गुलरिया नगरपालिकाले भूसेवा केन्द्रबाट सञ्चालित सबै सुविधाहरू नगरवासीका लागि निःशुल्क प्रदान गर्ने भएको छ। शुक्रबार नगरपालिकामा बसेको कार्यपालिका बैठकले नगरपालिकाका सेवाग्राहीहरूलाई भूसेवा केन्द्रबाट सेवा दिँदा निःशुल्क रुपमा सेवा प्रदान गर्ने निर्णय गरेको हो।जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय भित्र सञ्चालनरत रहेको भुसेवा केन्द्रले गुलरिया नगरवासीको काम निःशुल्क सेवा दिने गरी नगरकार्यपालिकाबाट निर्णय गरिएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताउनुभयो।

आफ्नै नगरवासीलाई सेवा दिनका लागि सञ्चालन गरिएको भूसेवा केन्द्रबाट नगरवासीलाई सेवा दिँदा शुल्क नलिने भन्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनुभयो । भूसेवा केन्द्रबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू निःशुल्क गरिने भएपछि स्थानीयहरू समेत खुसी भएका छन्। अन्यत्रभन्दा भूसेवा नगरपालिकाले सस्तोमा सेवा दिँदै आइरहेको भएपनि आजबाटको निर्णयले भूसेवाका सम्पूर्ण कामहरू निःशुल्क रुपमा हुनेछन्। जग्गा पासपारित कित्ताकाट जग्गा नामसारी लगायत रोका र फुकुवा गर्दा भूसेवा गर्नुपर्ने प्रावधान नेपाल सरकारले गरेपछि गुलेरिया नगरपालिकाले मालपोत कार्यालय भित्रै भूसेवा सञ्चालन गर्दै आइरहेको छ। गुलरिया नगरपालिकामा बसोबास गर्ने स्थानीयहरूका लागि भूसेवा प्रक्रियामा पूर्ण रुपमा निःशुल्क गर्ने निर्णय भएको नगरपालिकाको कार्यालयले जनाएको छ।त्यसैगरी नगरपालिकाले व्यवसाय दर्ता गरेर पाँच वर्षभन्दा बढी सञ्चालनमा नरहेका व्यवसायिकलाई कर तथा जरिवानाको छुट दिने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search