[the_ad id="16865"]

राष्ट्रपति द्वारा पाल्पाको राणजीरेश्वरी भगवती २०५ औ रथयात्राको अवलोकन

राष्ट्रपति द्वारा पाल्पाको राणजीरेश्वरी भगवती २०५ औ रथयात्राको अवलोकन
[the_ad id="16873"]

पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५ औं रथजात्रा (खटयात्रा) को अवलोकन गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित मंगलबार पाल्पा आइपुग्दा राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो । राष्ट्रपतिलाई जनस्तरबाट समेत स्वागत गरिएको छ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पुग्नुभएको हो ।

जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुग्नुभएको छ ।
जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गर्नुभयो । त्यसपछि राष्ट्रपति पौडेल द फेमस महिन्द्र दल गणको निरिक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्नुभएको थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिज्यूले खटयात्राको अवसरमा सबै नेपालीको सुख,शान्ति र कल्याणका लागि शुभकामना दिएको बताउनुभयो । पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरवार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने चाहना र प्रयासलाई मूर्त रूप दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पोखरेलले राष्ट्रपति पौडेलले रथ यात्रालाई अब प्रदेशस्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पुरा हुने विश्वास व्यक्त गर्नुभएको पनि सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।
नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search