[the_ad id="16865"]

समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गर्न प्रधानमन्त्रीको आग्रह

समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गर्न प्रधानमन्त्रीको आग्रह
[the_ad id="16873"]

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गरी नीतिगत सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रतिष्ठानका पदाधिारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य र विकाससँग जोडिएर मन्त्रालयहरु र विश्वविद्यालयहरुसँग संयोजन गरी अनुसन्धान हुनुपर्नेमा जोड दिँदै प्रमाणका आधारमा मात्रै नीति तर्जुमा गर्नुपर्ने बताउनुभएको हो ।
अनुसन्धान प्रतिष्ठान आफैं एक्लै काम गरेर परिणाम नआउने र देशको आवश्यकतालाई सम्बोधन नहुने भएकोले अनुसन्धान र उच्चतम् प्रविधिलाई साथ लिएर देशको विकास गर्ने सरकारको प्राथमिकता रहेकोे सुनाउनुभयो । प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा लेखनाथ शर्माले विभित्र मन्त्रालयको समन्वयमा हालसम्म ५० अनुसन्धान गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा उक्त प्रतिष्ठानको स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search