[the_ad id="16865"]

विवादित बनेपछि हटाइएको मानिसको चित्र बनाउन सक्ने एआइ फिचर पुन फर्काउँदै गुगल

विवादित बनेपछि हटाइएको मानिसको चित्र बनाउन सक्ने एआइ फिचर पुन फर्काउँदै गुगल
[the_ad id="16873"]

काठमाडौं । गुगलले आफ्नो एआई टुल जेमिनाईमा मानिसहरूको चित्र बनाउन मिल्ने फिचरलाई पुनः फर्काउने भएको छ । ऐतिहासिक दृश्यलाई गलत ढङ्गले देखाएको भन्दै चर्को आलोचना भएपछि गत फेब्रुअरीदेखि स्थगित जेमिनाईको त्यस्तो फिचर पुन: सञ्चालनमा ल्याइने भएको हो ।

गुगलले प्रकाशित गरेको एक ब्लग अनुसार पहिलो चरणमा यो फिचर जेमिनाई एड्भान्समा मात्र उपलब्ध हुनेछ । जुन जेमिनाईको स:शुल्क भर्सन हो । अहिले जेमिनाईको नि:शुल्क भर्सनमा जनावर, वस्तु, भूभाग, चित्र आदिको तस्विर बनाउन सकिन्छ । तर मान्छेहरूको तस्विर बनाउन भने सकिँदैन ।

जेमिनाई एड्भान्समा आउने नयाँ अपडेटमा पछिल्लो टेक्स्ट टु इमेज जेनेरेटर इमेजेन थ्री मोडल प्रयोग हुने गुगलले बताएको छ । जुन केही महिना अघि मात्रै सार्वजनिक भएको एआई मोडेल हो । यसले गर्दा जेमिनाई एड्भान्सबाट दुरुस्तै देखिने (फोटो रियालिस्टिक) देखि टेक्चर सहितको चित्र बनाउन सकिने दाबी गरिएको छ ।

त्यस्तै पहिले कै गल्ती दोहोरिन नदिन यस मोडलमा सुरक्षा मापदण्ड कडा बनाइएको पनि ब्लगमा उल्लेख छ । यसले गर्दा अन्य मोडेलको तुलनामा यस एआई मोडलबाट नतिजा राम्रो पाउन सकिने गुगलका प्रोडक्ट म्यानेजमेन्टका वरिष्ठ निर्देशक डेभ सिट्रोनले उल्लेख गरेका छन् ।

तर जेमिनाईको नि:शुल्क मोडेलमा यो फिचर कहिले आउँछ भनेर चाहिं केही पनि बताइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search